वक्तृत्वकला प्रतियोगिता, पाण्डेय प्रथम
 
            
दाङ,१६ कात्तिक । दाङ महिला जेसीजको आयोजनामा नेपाल जेसीज २०२५ राष्ट्रिय प्रकरणअन्तर्गत “उत्तम भोलिका लागि एकसाथ अघि बढौँ” भन्ने मूल नाराका साथ वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ।्
कार्यक्रम घोराही उपमहानगरपालिका–१७ स्थित गोरक्ष रत्ननाथ माध्यमिक विद्यालय चौघेरामा शुक्रवार भएको हो । वर्ष २०२५ की कार्यकारिणी उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष जेसी लक्ष्मी चौधरीको अध्यक्षतामा एवं गोरक्ष रत्ननाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामलाल मल्लको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रम गोरक्ष रत्ननाथ माध्यमिक विद्यालय चौघेरामा कक्षा १२ मा अध्ययनरत सम्झना पाण्डेय प्रथम, कक्षा १ २ मा अध्ययनरत रेखा कवर दिृतिय र कक्षा ८ मा अध्ययनरत शुभम राणा तीतृय भएका थिए । विजेता विद्यार्थीलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको दाङ महिला जेसीजका महासचिव भिमा डिसीले जानकारी दिएकी छिन । प्रतियोगितामा विद्यालयमा अध्ययनरत १६ जना विद्यार्थीको सहभागिता रहेको थियो। प्रतियोगिताको निर्णाायकमा दाङ महिला जेसीजका पूर्व अध्यक्ष सुशीला पौडेल, बिद्यालयकी शिक्षिका चुना भट्टराई र प्रबिणा कडेल रहेका थिए भने समय सूचकमा तिर्सना पोख्रेल रहेकी थिइन ।
कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, वक्तृत्वकला, नेतृत्व क्षमता र सकारात्मक सोच विकास गर्ने उद्देश्य राखिएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रम सयोजक रेमन्ता पुनको स्वागत मन्तव्यबाट तथा प्रज्ञा स्वर्णकारको आस्थापाठबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव भिमा डिसीले गरेकी थिइन । कार्यक्रममा ७० जनाको सहभागीता रहेकोे थियो ।
