दाङका २० बिद्यालयलाई फुटवल सहयोग
तुलसीपुर, १७ कात्तिक । दाङमा २० बिद्यालयलाई पाँच सय फुटवल वितरण गरिएको छ । फिफा फुटबल फर स्कुल कार्यक्रमअन्तरगत सोमबार बिहान अरनिको खेल मैदानमा आयोजना गरिएको कार्यक्रममा जिल्लाका सामुदायिक र संस्थागत गरि २० विद्यालयलाई २५ वटाका दरले फुटबल वितरण गरिएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोग र दाङ जिल्ला फुटबल संघको आयोजनामा फुटबल वितरण गरिएको हो । अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङले फुटबल वितरण कार्यक्रमलाई सम्बोन गर्दै विद्यालय तहबाट फुटबलको विकाससँगै नयाँ खेलाडी उत्पादन गर्नेका लागि फुटबल वितरण गरिएको बताएका थिए । फिफा फुटबल फर स्कुल कार्यक्रमअन्तर्गत बालबालिकालाई फुटबल प्रशिक्षण गराउने कार्यक्रमसहित फुटवल वितरण गरिएको हुँदा त्यसले नयाँ र प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुग्ने उनले आशा ब्यक्त गरे ।
दाङ जिल्ला फूटवल संघका अध्यक्ष संजात धितालले बिगतमा माग गरिएको आबेदनका आधारमा फारम भरेका बिद्यार्थीलाई फुटवल वितरण गरिएको हुँदा सम्बन्धित विद्यालयका बालबालिकालाई फुटबल खेतीप्रति आकर्षित हुने विश्वास ब्यक्त गरे । कार्यक्रमको सहजीकरण जिल्ला फूटवल संघका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।
