डिआईजिपी फुटबल प्रतियोगिता : राप्ती, सिद्धरत्ननाथ र गोरखा बिजयी
दाङ,२० कात्तिक । लुम्बिनी प्रदेशस्तरीय प्रथम इन्टर स्कुल डिआईजिपी फुटबल रनिङ शिल्ड प्रतियोगिता–२०८२ को दोस्रो दिनका खेलमा राप्ती मोर्डन एकेडेमी, सिद्धरत्ननाथ विद्यालय र गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी घोराही बिजयी भएका छ्न ।
नेपाल पुलिस स्कुलको आयोजनामा घोराही उपमहानगरपालिका–१७ गुलरियास्थीत खेल मैदानमा भएको दोस्रो दिनको पहिलो खेलमा राप्ती मोर्डन एकेडेमीले दीपशिखा सेकेन्डरी स्कूल घोराहीलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने राप्ती मोर्डन एकेडेमीका खेलाडी नरेश बुढाथोकी म्यान अफ द म्याच घोषित भएका थिए ।
दोस्रो खेलमा सिद्धरत्ननाथ विद्यालय नारायणपुरले गुरु जाजुर विद्यालय तुलसीपुरलाई १–० गोल अन्तरले हराएको छ । प्रतिस्प्रर्धात्मक खेलमा सिद्ध रत्ननाथ विद्यालयले जित निकाल्न सफल भएको हो । उक्त खेलका म्यान अफ द म्याच सिद्ध रत्ननाथका मदन डाँगी घोषित भएका थिए।
त्यसैगरी बिहीबारको तेस्रो अन्तिम खेलमा गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले ग्रेटबुद्ध एकेडेमी नारायणपुरलाई ६–० गोल अन्तरले हराउँदै विजयी भएको थियो । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने गोरखाका शुभम पुन म्यान अफ द म्याच बनेका थिए ।
कात्तिक १९ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका २३ विद्यालयका २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिता कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछ ।
