Ad Area

घोराहीमा चौथो राष्ट्रिय स्कुलस्तरीय हाप्किडो प्रतियोगिता हुने


दाङ,२१ कात्तिक । दाङको घोराहीमा चौथो राष्ट्रिय स्कुलस्तरीय हाप्किडो प्रतियोगिता–२०८२ हुने भएको छ । नेपाल हाप्किडो संघको आयोजना तथा दाङभ्याली कलेज हाप्किडो डोजाङको सहआयोजनामा आगामी मंसिर १६ देखि २० गतेसम्म घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो प्रतियोगिता हुने भएको हो ।

आयोजक नेपाल हाप्किडो संघले शुक्रवार दाङ भ्याली कलेजमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताका बारेमा जानकारी दिएको हो । प्रतियोगितामा सात वटै प्रदेशबाट दुई सय बढी डोजाङका दुई हजार बढी विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक तथा दाङभ्याली डोजाङका प्रमुख प्रशिक्षक बिशाल थापाले जानकारी दिएका छन् । उनका अनुसार छात्र तथा छात्राले विभिन्न तौल तथा उमेर समूहमा व्यक्तिगत र समूहगत रुपमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता घोराहीस्थीत दाङ भ्याली कलेजको खेल मैदानमा हुने प्रतियोगिताका संयोजक थापाले जानकारी दिएका छन् ।

विद्यालयस्तरमै प्रतिभा पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुन सक्ने कुशल खेलाडी तयार गर्नका साथै आत्मसुरक्षामा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा फाइटिङ, सेल्फ डिफेन्स डेमोन्स्ट्रेसन, स्पारिङ र टेक्निकललगायतका विधा समावेश गरिएका छन् । प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, आत्मरक्षा सीप र खेलकुद प्रतिको सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूह तथा खेलाडीलाई पदक, प्रमाणपत्रसहित सम्मान गरिने छ ।

प्रतियोगिताका संयोजक तथा दाङभ्याली डोजाङका प्रमुख प्रशिक्षक बिशालको अध्यक्ष तथा दाङभ्याली ग्रुपका अध्यक्ष प्रा.डा. बिनबहादुर सिंह वलीको प्रमुख आतिथ्यतामा भएको पत्रकार नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, दाङभ्याली कलेजका प्राचार्य बिष्ण बञ्जाडे, नेपाल हाप्किडो संघका केन्द्रीय उपमहासचिव समिर हलुवाईलगायतले प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादनसँगै दाङको आर्थिक र पर्यटन विकासका लागि सहयोग पु¥याउने बताएका थिए । नेपाल हाप्किडो संघका केन्द्रीय सदस्य राजेन्द्र मदाईको स्वागत मन्तव्यवाट सुरु भएको पत्रकार सम्मेलनको सहजीकरण दाङभ्याली कलेजका प्राध्यापक थम्मन बस्नेतले गरेका थिए ।