डिआईजिपी फुटबल प्रतियोगिता : बालविकास, मावि रामपुर र गोरक्षरत्ननाथ बिजयी
दाङ,२१ कात्तिक । लुम्बिनी प्रदेशस्तरीय प्रथम इन्टर स्कुल डिआईजिपी फुटबल रनिङ शिल्ड प्रतियोगिता–२०८२ को तेश्रो दिन बालविकास, मावि रामपुर र गोरक्षरत्ननाथ बिजयी भएका छन् ।
नेपाल पुलिस स्कुलको आयोजनामा घोराही उपमहानगरपालिका–१७ गुलरियास्थीत खेल मैदानमा भएको तेश्रो दिन शुक्रवार भएको पहिलो खेलमा बालविकास सेकेन्डरी स्कुल घोराहीले जनज्योति विद्यामान्दिर घोराहीलाई २–० गोल अन्तरले पराजित गरेको छ । उक्त खेलका बालविकास सेकेन्डरी स्कुलका महेश सुनार म्यान अफ द म्याच घोषित भएका थिए ।
त्यसैगरी दोस्रो खेलमा माध्यमिक विद्यालय रामपुरले पदमोदय पब्लिक मोडेल सेकेन्डरी स्कुल घोराहीलाई १–० गोल अन्तरले हराउँदै विजयी बनेको छ । कडा प्रतिष्पर्धा भएको खेलकामा मावि रामपुरका नविन वली म्यान अफ द म्याच बन्न सफल भएका थिए । शुक्रवार भएको तेस्रो तथा अन्तिम खेलमा गोरक्ष रत्ननाथ सेकेन्डरी स्कुल चौघेराले माध्यमिक विद्यालय तुलसीपुर सेन्टरलाई १–० गोल अन्तरले पराजित गर्दै बिजयी भएको छ । प्रतिष्प्रधात्मक खेलका म्यान अफ द म्याच गोरक्ष रत्ननाथ सेकेन्डरी स्कुलका खेलाडी देव नेपाली बन्न सफल भएका थिए ।
विद्यालयस्तरमा खेलकुद क्षेत्रको विकाससँगै प्रतिभावन खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जिल्लाका २३ विद्यालयका २४ टिमको सहभागिता रहेको छ । कात्तिक २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता टिमेले नगद ८० हजार र उपबिजेता टिमले ४० हजार रुपैयासहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता कात्तिकको १९ गतेदेखि सुरु भएको थियो ।
