Ad Area

श्रीगाउँ कप फुटबल प्रतियोगिता सुरु


दंगीशरण, ३ मङ्सिर । दंगीशरण गाउँपालिका ६ को श्रीगाउँमा प्रथम श्रीगाउँ कप फुटबल प्रतियोगिता शुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल उदेश्यका साथ श्रीगाउँ फुटबल क्लब दंगीशरण ६ को आयोजनामा प्रथम श्रीगाउँ कप फुटबल प्रतियोगिता २०८२ बुधबारदेखि श्रीगाउँ खेल मैदानमा शुरु भएको हो ।

बुधबार एक औपचारिक कार्यक्रमकाबिच क्लबका अध्यक्ष सिजन शर्माको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको हो ।

प्रतियोगीताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गिरीले कुनैपनि देश बिकाशका लागि त्यस देशका युवाहरु स्वस्थ हुनुपर्ने बताए ।स्वस्थताका लागि खेलकुदको बिकास र खेलाडीहरुको प्रोत्साहनका लागि आफू निर्वाचित भएदेखि अध्यक्षकप खेलकुद प्रतियोगिता लगायत युवा मैत्री कार्यक्रमहरु अगाडि बढेको बताए ।

प्रतियोगितामा ८ वटा टिम सहभागी रहेको छ । प्रतियोगीता शनिवार समापन हुनेछ । खेल संयोजक एमिसन चौधरीले बताए ।प्रतियोगितामा प्रथमहुने टिमले ४०, हजार ४ सय ४४,दितिय हुनेले २०, हजार २ सय २२ बेस्ट प्लेर २ हजार ५ सय र ट्रफी ,टप स्कोरर १ हजार ५ सय र टर्फी बेस्ट गोल किपर एक १ हजार ५ सय र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य रेफ्रीमा एन्फा रेफ्री खुम बहादुर वलि, मदन गौतम ,शुरेश बुढामगर रहेकाछन ।