Ad Area

उत्तरबाहिनीमा श्रीमद्भागवत सप्ताह सुरु


दाङ, ९ मंसिर । घोराही उपमहानगरपालिका–७ स्थित उत्तरबाहिनी क्षेत्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं धनधान्यचल–२०८२ सुरु भएको छ । उत्तरबाहिनी क्षेत्रमा माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यमिक विद्यालय (सस्कृत गुरुकुल) सञ्चालन तथा आश्रममा मन्दिर निर्माणका लागि मंगलबारदेखि ज्ञान महायज्ञ सुरु भएको हो ।

महायज्ञ मुल आयोजक समितिका संयोजक तथा घोराही उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं धनधान्यचलको सुभारम्भ गर्दै धामिक संस्कृति संरक्षणसँगै संस्कृत भाषालाई बचाई राख्न गुुरुकुल सञ्चालनका लागि सञ्चालन भएको महायज्ञलाई सवैको साथ र सहयोग आवश्यक रहेको बताइन । कार्यक्रमकी प्रमुख अतिथि रहेकी उपप्रमुख डिसीले धर्म, संस्कृतिमा भएका खराव पक्षलाई सुधार गर्दै सकारात्मक पक्षलाई सवैले अनुशरण गर्नुपर्ने बताइन ।

कार्यक्रमको विशिष्ट अतिथि रहेका माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यमिक विद्यालय (सस्कृत गुरुकुल) पूर्व अध्यक्ष भुपबहादुर डाँगीले उत्तरबाहिनी क्षेत्रको विकाससँगै गुरुकुललाई दिगो रुपमा सञ्चालन गर्नका लागि सवैको साथ र सहयोग आवश्य रहेको बताए ।

उद्घाटन कार्यक्रममा गुरुकुलका गुरु जोगी देवनाथ, महायज्ञका अनुगमन समितिका संयोजक भीमप्रकाश खड्का,समाजसेवी तथा दाता पहिचान समितिकी सदस्य बिमला योगी, घोराही उपमहानगरपालिका वडा नं. ५ का पूर्व अध्यक्ष बिष्णुमणि दाहाल, बयलडाँडा चौतारी क्लवका अध्यक्ष नारायणप्रसाद भुसाल, जग्गादाताको परिवारका तर्फबाट शिवराज धिताल, पताञ्जली योग समिति लुम्बिनी प्रदेशका प्रभारी प्रेम शाह, माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका प्राध्नाध्यापक घनश्याम पोख्रेल, माध्यामिक विद्यालय सौडियारका विद्यालय व्यवस्थापन समिति अध्यक्ष निशानदाजु भट्राईलगायतले महायज्ञको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन महायज्ञ मुल आयोजक समितिका सदस्य जानका केसी र सुशीला पौडेलले गरेका थिए ।

महायज्ञको उद्घाटन पूर्व शुक्रवार, बेलहरीलगायतका गाउँमा विभिनन कला संस्कृति झल्किने झाक्रीसहित शोभायात्रा गरिएको थियो । मंसिरको १६ गतेसम्म सञ्चालन हुने महायज्ञमा पाँच हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने दाताहरूका नाम शिलालेखमा उल्लेख गरिने छ । महायज्ञमा प्रमुख कथा बाचिकाका रुपमा नर्मदा रामानुज दासी रहेकी छिन् ।