सुनिल पुन स्मृति फुटबल प्रतियोगिता : उद्घाटन खेल न्यू स्टार र डाँफे युवा क्लवकाबिच हुने
दाङ,१८ मंसिर । सुनिल पुन स्मृति दोश्रो रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८२ को तयारी पूरा भएको छ ।
न्यू स्टार फुटबल एकेडेमीको आयोजना तथा प्रकृति लोक सांस्कृतिक क्लबको व्यवस्थापनमा घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थीत बिपी बाटिका खेल मैदानमा मंसिर १९ गते शुक्रवारदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको हो । जिल्लाका १२ टिमको सहभागीता रहेको फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक न्यू स्टार फुटबल एकेडेमी र डाँफे युवा क्लवकाबिच हुने हुने भएको छ ।
प्रतियोगिताको उद्घाटन खेल शुक्रवार दिउँसो २ बजेदेखि सुरु हुने आयोजक न्यू स्टार फुटबल एकेडेमीका अध्यक्ष खुबहादुर वलीले जानकारी दिएका छन् । प्रतियोगिताको बिजता हुने टिमले नगद एक लाख एक हजार एक सय ११ रुपियासहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५१ हजार एक सय ११ रुपैयासहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई विद्यागत रुपमा पुरस्कृत गरिने अध्यक्ष खुमबहादुर वलीले जानकारी दिएका छन् ।
