बराहक्षेत्र संरक्षण तथा संवद्धन समितिको अध्यक्षमा घर्ती बिजयी
भ्यूमान पुनमगर
घोराही, २० मंसिर । बराह क्षेत्र संरक्षण तथा संवद्धन धार्मिक समितिको अध्यक्षमा देवबहादुर घर्तीमगर निर्वाचित भएका छन् ।
शनिवार भएको मतदातमा ८६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । एक सय ७३ मत खसेको निर्वाचनमा घर्तीका प्रत्यासी लक्ष्मी घर्तीमगरले ६० र टेमन बुढामगरले २२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा टोपबहादुर डाँगी निर्वाचित भएका छन् । डाँगीले ८४ मत प्राप्त गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रत्यासी प्रेम बुढाले ८१ मत प्राप्त गरेका छन् ।
सचिवमा लीलाजित नेपाली बिजयी भएका छन् । नेपालीले ७६ मत प्राप्त गरेर बिजयी भएका हुन । उनका प्रत्यासी दामोदर गिरीले ७५ र होमबहादुर बुढाले ८ मत प्राप्त गरे । सहसचिवमा इराक घर्तीमगर बिजयी भएका छन् । घर्तीले १०४ मत प्राप्त गर्दै बिजयी हुँदा उनका प्रतिस्पर्धी अभिषेक बुढाले ६० मत प्राप्त गरेका छन् ।
सदस्यमा अमरबहादुर घर्तीमगर १०५, बिमलकुमार थापा १०१, दिपेन्द्र पुनमगर र फणाधर भुसालले समान १००÷१०० मत प्राप्त गरेका छन् । त्यसैगरी नरबहादुर बुढाथोकीले ९८, पदमबहादुर महतराले ९६ र गीता केसीले ८२ मत प्राप्त गरेकी छिन । पाँच सदस्यका लागि सात जनाले प्रतिष्पर्धा गरेका थिए । कोषाध्यक्षमा भने धनराज पुन निर्विरोध निर्वाचित भएका छन् ।निर्वाचनमा पाँच मत बदर भएको थियो
