स्व सुनिल मगर स्मृति फुटबल : युएनबिसी र मगर एकता समाज सेमिफाइनलमा
दाङ, २२ मंसिर । स्वर्गीय सुनिल पुन मगर स्मृति दोस्रो रनिङ शिल्ड फुटबल प्रतियोगितामा युएनबिसी घोराही र मगर एकता समाज चारबगिया सेमिफाइनलमा प्रवेश गरेका छन्।
घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित बिपी बाटिका खेलमैदानमा सोमबार भएको पहिलो क्वार्टरफाइनलमा युएनबिसी घोराहीले लुम्बिनी फुटबल एकेडेमी घोराहीलाई ३–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
त्यसैगरी सोमबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा मगर एकता समाज चारबगियाले बिवाईसी बरागाउँलाई ५–० गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । प्रतियोगिताअन्तर्गत मंगलबार दिउँसो १२ बजे आयोजक न्यु स्टार फुटबल एकेडेमी र सल्यान टेक एफसीबीच पहिलो सेमिफाइनल खेल हुनेछ। ्
त्यस्तै दोस्रो सेमिफाइनलमा युएनबिसी घोराही र मगर एकता समाज चारबगियाबीच दिउँसो २स्३० बजे प्रतिस्पर्धा हुनेछ। न्यु स्टार फुटबल एकेडेमीको आयोजनामा र प्रकृति लोक सांस्कृतिक क्लबको व्यवस्थापनमा गत शुक्रबारदेखि सञ्चालनमा आएको प्रतियोगिता स्वर्गीय सुनिल पुन मगरको स्मृतिमा आयोजना गरिएको हो।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
