पवित्रादेवी स्मृति क्रिकेट प्रतियोगिता सुरु
दाङ,१३ पुस । दाङको घोराहीमा पवित्रादेवी स्मृति टि–२० क्रिकेट प्रतियोगिता–२०८२ सुरु भएको छ । दाङ युवा क्लबको आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको समन्वयमा घोराही उपमहानगरपालिका–१७ गुलरियास्थीत घोराही क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको हो
दाङ युवा क्लबका अध्यक्ष शारदा घर्ती शर्माको अध्यक्षता तथा प्रदेश खेलकुद परिष्दका सदस्य सचिव तिरणदाज गौतमको प्रमुख आतिथ्यता एवं नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य प्रदीप मजगैया र लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोकामगरको बिशिस्ट आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि गौतमले खेलकुदको विकासका लागि सरकार र निजी क्षेत्रका बिचमा सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य प्रदीप मजगैयाले निजी क्षेत्रबाट हुने क्रिकेट प्रतियोगिताले खेल क्षेत्रको विकाससँगै नयाँ क्षमतावान खेलाडी उत्पादनमा महत्वपूर्ण सहयोग मिल्ने बताए । लामो समयदेखि क्रिकेट संघ क्रिकेट खेलको विकासका लागि लागिरहेको समयमा दाङ युवा क्लवले आयोजना गरेको पवित्रादेवी स्मृति क्रिकेट प्रतियोगिताले क्रिकेटलाई चलाएमान बनाउन सहयोग गर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले क्षमतावान खेलाडी उत्पादनसँगै खेलकुद क्षेत्रको विकासका लागि स्थानीयस्तरबाट लगानीसँगै प्रतियोगिताहरु हुन आवश्यक रहेको बताए । प्रतियोगिताको विजेता टिमले नगद एक लाख र उपबिजेताले ५० हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । पवित्रादेवी स्मृति टि–२० क्रिकेट प्रतियोगितामा जिल्लाका आठ वटा टिमको सहभागीता रहेको छ । स्वगीय पवित्रादेखि शर्माका माइला छोरा जयानन्द शर्माको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण महानन्द पाण्डेयले गरेका थिए ।
