Ad Area

मार्शल आर्ट्स हाप्किडोको प्रदेश सेमिनार घोराहीमा


दाङ,२५ मंसिर । नेपाल मार्शल आर्ट्स हाप्किडो खेल सम्वधी प्रदेशस्तरीय प्रशिक्षण सेमिनार घोराहीमा सम्पन्न भएको छ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ लुम्बिनी प्रदेशको आयोजनामा शनिवार दाङको घोराहीमा प्रदेशस्तरीय प्रशिक्षक सेमिनार सम्पन्न भएको हो ।

सेमिनारमा लुम्विनी प्रदेशका १२ जिल्लाका सहायक प्रशिक्षकहरुको सहभागिता रहेको थियो । उक्त प्रशिक्षण सेमिनारलाई नेपाल मार्शल आर्ट्स हाप्किडो संघका संस्थापक अध्यक्ष तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष समेत रहेका सिनियर मास्टर कालीबहादुर घर्तीमगर र केन्द्रीय सहायक प्रमुख प्रशिक्षक भुवन बुढामगरले प्रशिक्षण दिएका थिए ।

 

कार्यक्रममा हाप्किडो लुम्बिनी प्रदेशको अध्यक्ष सुवास परियार, उपाध्यक्ष बसन्त घर्तीमगर र केन्द्रिय संघका सलाहकार तुलसी भण्डारीलगायतको सहभागीता रहेको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लामा १४ हजार खेलाडीहरुले नियमित प्रशिक्षण गर्दै आएका छन । यो खेल स्थानीय तहका स्कूल–स्कूलमा प्रशिक्षण हुँदै आएको छ ।

Blog Post Ad

आगामी माघ महिनामा हुन थालेको बृहत महोत्सवका रूपमा पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप दाङको घोराहीमा हुन थालेको छ । हरेक व्यक्तिका लागि आत्मरक्षासँगै स्वास्थ्यका दृष्टिले समेत महत्वपूर्ण मानिएको मार्शल आर्ट्स हाप्किडो खेलप्रति युवा पिढीको आकर्षण बढ्दै गएको छ ।

Blog Post Ad Blog Post Ad