Ad Area

कांग्रेसको महाधिवेशनमा दाङबाट को–को उम्मेद्वार छन् ?


दाङ,२६ मंसिर । नेपाली कांग्रेसको चौधौ महाधिवेशन काठमाडौंमा चलिरहेको छ । २४ गते उद्घाटन भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । कांग्रेसको नयाँ नेतृत्वका लागि बर्तमान पार्टी सभापति शेरबहादुर देउवासहित शेखर कोइराला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपाने चुनावी प्रतिश्पर्धामा रहेका छन् ।

पार्टी नेतृत्वका लागि ६ जना चुनावी मैदानमा भएपनि अन्तत मुख्य प्रतिष्पर्धा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र बिमलेन्द्र निधिका विच हुने अनुमान गरिएको छ । ६ उम्मेदवार मध्य देउवा र कोइरालाले पुरै प्यानल बनाएका छन् भने अरुको प्यानल बन्न सकेको छैन् । सस्थापनपक्ष र सस्थापन इतर पक्ष पनि विभाजित भएको अवस्थामा नयाँ नेतृत्वका लागि कडा प्रतिश्पर्धा हुने देखिएको छ ।

कांग्रेसको १४ औं महाधिवेशनमा दाङ जिल्लाका नेताहरूले पदाधिकारी उम्मेद्वारी दिएका छैनन् । सहमहामन्त्री दावी गरेका केन्द्रीय दीपक गिरीले अन्तत फेरी केन्द्रीय सदस्यमै उम्मेदवारी दिएका छन् । उनीसँगै केन्द्रीय सदस्यमा वर्तमान केन्द्रीय सदस्य रहेका योगेन्द्र चौधरी, गेहेन्द्र गिरी, अनिता देवकोटा, पार्वती डिसी चौधरी, शिला खड्का, कृष्णकिशोर घिमिरे र बमबहादुर डिसी, बिमलाले उम्मेदवारी दिएका छन । यसैगरी अपाङ्ग कोटामा देवा डाँगीले पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएकी छन् ।

Blog Post Ad Blog Post Ad