Ad Area

आठौँ मेयरकप फुटबल : सेमिफाइनलमा वडा नं. ३, ६, १० र १३


दाङ, ११ माघ ।घोराहीमा जारी आठौँ मेयर कप फुटबल प्रतियोगिता–२०८२ को सेमिफाइनल वडा नं. ३, ६, १० र १३ प्रवेश गरेका छन् । क्वाटरफाइनलअन्तर्गतको अन्तिम खेलमा वडा नं. १३ ले वडा नं. १५ लाई ३–२ गोलले पराजित गरेसँगै सेमिफाइनल खेल्ने चार टिमको टुंगो लागेको हो ।

कडा प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा वडा नं. १३ ले दुई गोल गर्दै अग्रता लिएपनि दोश्रो हाफको सुरुमा आक्रामक खेलेको वडा नं. १५ ले दुई गोल गरेर खेलमा फर्किने आशा जगाएको थियो । दोश्रो हाफमा वडा नं. १३ माथि दवाफ सिर्जना गरेपनि खेलको अन्तिम समयतिर वडा नं. १५ को किपर र डिफेन्सको तालमेल नमिल्दा गोल खान पुगेको थियो । प्रतिष्पर्धात्मक खेलमा तेश्रो गोल खाएसँगै दवाफमा परेको वडा नं. १५ को टिमले थप गोल गर्न नसक्दा जारी आठौ संस्करणको मेयर कप फुटबलको क्वाटरफाइनलबाटै बाहिरिन पुगेको हो ।

बिजयी वडा नं. १३ ले फाइनल प्रवेशका लागि सोमवार सेमिफाइनलमा वडा नं. ६ को सामना गर्नेछ । त्यसैगरी सेमिफाइनल खेलमा वडा नं. ३ ले वडा नं. १० सँग प्रतिष्पर्धा गर्नेछ । सोमवार विहान ११ ः ३० बजे पहिलो समिफाइनल खेल वडा नं. ३ र १० र दोश्रो सेमिफाइनल खेल दिउँसो १ ः ३० बजेदेखि वडा नं. ६ र १३ का बिच हुनेछ । मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेल माघ १४ गते हुने नगर खेलकुल विकास समितिका संयोजक नरेन्द्र पुनले जानकारी दिएका छन् ।