Ad Area

ज्योतिपुञ्जको २५ औं वार्षिकोत्सव


दाङ, १० माघ । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयको २५ औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको अध्यक्षता एवं नेपाल संस्कृत विश्वविद्यालय का उपकुलपति प्राडा धनेश्वर नेपालकोे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा डा नेपालले अवको शिक्षा प्रविधिमैत्री र सिपमुलक हुन जरुरी रहेको बताउनुभयो । निजी विद्यालयले गुणस्तरिय शिक्षा प्रदानका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले निजी विद्यालयलाई राज्यले सुक्ष्म निगरानी गरी आवश्यक सुझाव दिनुपर्ने बताउनुभयो । शिक्षको विकासका लागि एकअर्काको आलोचना नभई निजी विद्यालयलाई बिकासको साझेदार मानेर अघी बढ्नुपर्नेमा जोड दिनुभयो ।

निजी विद्यालयप्रति अभिभावकको विश्वास बढेर गएको भन्दै उहाँले हामिले संस्कृत शिक्षाबाट सिको गरी नैतिकवान र चरीत्रवान विद्यार्थी उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । संस्कृत शिक्षामा सिक्नुपर्ने धेरैथोक भएको भन्दै उपकुलपति प्रा।डा। नेपालले विदेशीले संस्कृत शिक्षाबाट सिकेर अघि बढेको तर हामी नेपालीले त्यसको महत्व बुझ्न नसकेको बताउनुभयो । निजि विद्यालयलाई आलोचनाको साटो सामुदायिक विद्यालयले अनुसरण गर्नुपर्ने थुप्रै चिज रहेको बताउनुभयो ।

पछिल्लो समय युवाहरु शिक्षा हासिल गर्नका लागि विदेशीने क्रम बढेको भन्दै यसलाई रोक्न देशभित्रै गुणस्तरीय शिक्षा प्रदान गर्ने ब्यवस्था भएको र देशभित्रै काम गर्न सकिने गरी थुप्रै अवसर रहेको देखाउनुपर्ने अवस्था आएको बताउनुभयो । ज्योतिपुञ्जले संस्कार,समयसापेक्ष प्रविधि अंगिकार गरी अघि बढेकै कारण छोटो समयमा विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको भन्दै नैतिक तथा संस्कृत शिक्षा प्रदान गर्नका लागि आफूहरुले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रमका अतिथि प्याब्सन दाङका सचिब आदीम के।सीले निजी विद्यालयले समाजमा गुणस्तरीय शिक्षा प्रदान गर्नेदेखि छात्रवृत्ति र रोजगारीका क्षेत्रमा थुप्रै योगदान गरेको भएपनि त्यसलाई बिर्सेर आलोचना मात्रै गर्ने काम भइरहेको भन्दै गुनासो गर्नुभयो । राज्यले ल्याएका सिर्जनात्मक कार्यलाई निजी विद्यालयहरुले सदैव साथ दिएको भन्दै समाजले गरेको विश्वास जोगाएर निजी विद्यालय अघी बढिरहेको बताउनुभयो ।

कार्यक्रमका अर्का अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब सविन प्रियासनले शिक्षा क्षेत्रको विकास बिना समाज विकास असंभव रहेको भन्दै सिपमा आधारीत शिक्षा अवको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा बोल्ने बक्ताहरुले नयाँ ब्यवस्थापनका साथ शुरु भएको आठ बर्षेमै ज्योतिपुञ्जले अभिभाकको विश्वास आर्जन गर्न सफल भएको भन्दै आगामी दिनमा सफलताको शुभकामना दिएका छन । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङक अध्यक्ष सन्तोष सुवेदी, नगर प्याब्सन घोराहीका सचिब बिमल भण्डारी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले प्रस्तुत गर्नु भएको बार्षिक प्रगति प्रतिवेदनमा २०७३ सालमा नयाँ ब्यवस्थापनका साथ विद्यालय सञ्चालनमा आउँदा एक सय मात्रै विद्यार्थी रहेकोमा घोराहीमा संचालित ज्योतिपुञ्ज आमाविमा एक हजार तिन सय र रामपुरमा संचालित ज्योतिपुञ्ज मोडेलमा छ सय गरी उन्नाइस सय बढी विद्यार्थीहरुले अध्ययन गरिरहेको जानकारी दिनुभयो ।

मल्टिमिडिमा आधारित पठनपाठनबाट शुरु गरेको आफ्ना यात्रालाई अभिभावक मोटिभेसन, विद्यार्थीको बारेमा अभिभावकसँग मासिक भेला, छुट्टै परीक्षा बोर्ड स्थापना गरी मासिक तथा त्रैमासिक परीक्षा लगायत कार्यक्रम विद्यालयले गरिरहेको प्रतिवेदनमा उल्लेख छ । सो अवसरमा टिचर अफ द इयर निरु भुसाल, स्टाप अफ द इयर बिष्णु चौधरी र गार्जेन अफ द इयर थम्मन चौधरीलाई कदरपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा फोकस कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीहरु नोवेल शर्मा र रोजिना पुरी, सरसफाइमा उत्कृष्ट विद्यार्थी बिभव पुन, अनुशासीत विद्यार्थी प्रशंसा मिजार, अंग्रेजी भाषा प्रवद्र्धनमा उत्कृष्ट विद्यार्थी सुयस शर्मा, चालु शैक्षिक बर्षमा विद्यालय खुलेदेखि एक दिन पनि अनुपस्थित नुहने ९१ जना विद्यार्थीहरु र वर्ष उत्कृष्ट विद्यार्थीको रुपमा कक्षा १० मा अध्ययनरत विद्यार्थी गौरव पोखे्रललाई पुुरस्कृत गरिएको थियो ।

स्कुल लेवल अनुसार पूर्व प्रावितर्फ उत्कृष्ट अंक ल्याउने पंकज मल्ल, १–५ मा उपमा केसी, ६–८ मा सुवोध खनाल, एसइइ २०८१ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी भिजन के।सी।लाई पनि सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यसैगरी बेष्ट प्लेयर छात्रतर्फ सचिन रीजाल र नविन जि।एम,बेष्ट स्कोरर अभिशेख राहु मगर, वेष्ट प्लेयर छात्रा मिलन पोख्रेल, बेष्ट स्पाइकर सुसान्त रामजाली,बेष्ट सदन एल्लोलाई पनि सम्मान एवं पुरस्कृत गरीएको थियो ।

यसैगरी विद्यालयको २५ औं वार्षिकोत्सव समारोहका अवसरमा अभिभावकहरुका लागि आयोजित स्पुन रेस प्रतियोगितामा प्रथम हुने गिरिराज भण्डारी, द्वितिय हुने बिन्दु वली र तेतीय हुने सिर्जना डाँगी र शिक्षकहरुका लागि आयोजित खेलमा उत्कृष्ट हुने शिक्षकहरु पार्वती परीयार,निरु भुसाल,शिला गौतम,रामप्रसाद पार्धे,बरुण न्यौपाने,श्रीधर थापा,नारायण सुनार,प्रवेश देवकोटा,गोपाल भण्डारी,थानेश्वर भण्डारी र ऋषिराज पाण्डेयलाई पनि सम्मान एवं पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीले गीत,नृत्य,योगा नृत्य,नाटक,विज्ञान प्रदर्शनी, कला प्रदर्शनी,वक्तृत्व प्रस्तुत गरेका थिए । विव्यस सदस्य नारायणप्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधनाध्यापक तुलसीप्रसाद शर्माले गर्नुभएको थियो ।