Ad Area

चौथो स्व. रत्नबहादुर बिष्ट स्मृति कप फुटबल प्रतियोगिता हुने


घोराही,१६ माघ । दाङको घोराही–१२ हापुर बिजौरीमा चौथो स्व. रत्न बहादुर बिष्ट स्मृति कप–२०८२ हुने भएको छ ।

प्रतियोगिताअन्तर्गत जिल्लास्तरीय खुला पुरुष तथा अन्तर विद्यालय माविस्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको हो।
गुर्जे युवा क्लबको आयोजनामा आगामी फागुन १ गतेदेखि प्रतियोगिता घोराही–१२ स्थित हापुर बिजौरी खेल मैदानमा सुरु हुने भएको छ ।

प्रतियोगिताअन्तगर्त अन्तर विद्यालय माविस्तरीय पुरुष फुटबल प्रतियोगितामा प्रथम हुने टिमले ८२ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय हुने टिमले ४१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

तेसैगरी जिल्लास्तरीय खुला पुरुषतर्फ प्रथम हुने टिमले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक लगायत व्यक्तिगत विधागततर्फ पनि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

जिल्लास्तरीय खुला पुरुष फुटबल प्रतियोगिताका लागि दर्ता शुल्क ३ हजार ५ सय र अन्तर विद्यालय माविस्तरीय पुरुष फुटबल प्रतियोगितामा टिम दर्ता शुल्क ६ हजार ५ सय तोकिएको छ । प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता गर्ने समय माघ २६ गतेसम्म रहेको आयोजक गुर्जे युवा क्लवले जनाएको छ । प्रतियोगिताको टाइटल स्पोन्सरमा जुङ्खोली रिसोर्ट रहेको छ ।

प्रतियोगिताले जिल्लामा फुटबलको विकास, प्रतिभाशाली खेलाडीको पहिचान तथा स्व. रत्नबहादुर बिष्टप्रति श्रद्धाञ्जली व्यक्त गर्ने उद्देश्य लिएको आयोजक एफ.सी. गुर्जेले जनाएको छ ।