छात्रा कबड्डीमा सरस्वती मावि काठेकोल प्रथम
दाङ, २२ माघ । घोराही उपमहानगरपालिकास्तरीय मावि छात्रा कबड्डी प्रतियोगिता–२०८२ मा सरस्वती माध्यामिक विद्यालय काठेकोल प्रथम भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १३ मा रहेको प्रज्ञान एकेडेमीको आयोजनामा भएको माविस्तरीय छात्रा कबड्डी प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय काठेकोल प्रथम भएको हो । प्रतियोगिताको बुधवार भएको फाइनल खेलमा गोरखा मावि। घोराहीलाई हराउँदै काठेकोल प्रथम हुन सफल भएको हो ।
प्रथम भएको सरस्वती माविले नगद ६ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । छात्रा कबड्डी प्रतियोगितामा गोरखा इन्टरनेशनल पव्लिक सेकेण्डरी स्कुल दोस्रो, सनराइज बोर्डिङ स्कुल हापुर तृतीय भएका छन् । प्रतियोगितामा दोश्रो हुने गोरखाले ४ हजार र तेश्रो हुने सनराइज बोर्डिङ स्कुलले नगद तीन हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिता मंगलबार र बुधबार गरि २ दिनसम्म चलेको थियो प्रतियोगितामा प्लेयर अफ द टुनामेन्ट सरस्वती माविकी सिमन राना मगर, बेष्ट रेडर गोरखाकी जेलिशा तामाङ र बेष्ट डिफेन्डर सरस्वती माविकी सुप्रिया केसी भएकी थिइन । बोर्ड अफ डाइरेक्टर अध्यक्ष आइतमाली विकको अध्यक्षता तथा नगर खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिजेता खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयका प्रिन्सीपल बिरेन्द्र चन्दको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा प्याव्सन घोराही नगर अध्यक्ष बालकृष्ण ओली, क्यान दाङका अध्यक्ष धर्मबहादुर केसी, प्याव्सनका निवर्तमान जिल्ला उपाध्यक्ष चक्रबहादुर रावत, प्याव्सनका जिल्ला सदस्य बिष्णु हमाल, फुटबल प्रशिक्षक इराक घर्तीलगायत अतिथिका रुपमा रहेका थिए ।
