रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु
रोल्पा,१२ फागुन । रोल्पामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दाङको घोराहीदेखि रोल्पाको परिवर्तन गाउँपालिकाको बागमारा आउँदै गरेको जिप दुर्घटनामा परेको हो ।
मंगलबार बिहान रुन्टीगढी गाउँपालिका–५ खुम्बास भन्ने स्थानमा जिप दुर्घटना भएको हो । प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार, सो दुर्घटनामा परेर परिवर्तन–६ की २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु भएको हो ।
११ जना यात्रुलाई लिएर बिहान दाङबाट हिंडेको लु १ ज ४८५४ नम्बरको टाटा सुमो जिप सडकभन्दा तल खसेको हो । घाइते भएका १० जनालाई उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
