Ad Area

samanantar


दाङ, १४ फागुन । नेपाल विद्यार्थी संघ दाङको कार्यवाहक अध्यक्षको जिम्मेवारी गुरुप्रसाद गौतमले प्राप्त गरेका छन् ।

फागुन २१ गते हुन थालेको प्रतिनिधिसभा निर्वाचनमा संगठनलाई संक्रिय र गतिशिल बनाउनका लागि जिल्ला सदस्य गौतमलाई जिम्मेवारी प्रदान गरिएको हो । नेविसंघ दाङका अध्यक्ष कुलराज पोख्रेलले संघको विधान २०७१ को सातौँ संशोधन २०७५ बमोजिम कार्यवाहक अध्यक्षको जिम्मेवारी गौतमलाई प्रदान गरिएको जानकारी गराएका छन् ।

अध्यक्ष पोख्रेलद्वारा हस्ताक्षरित पत्रमा संगठनको विधि, विधान र मर्यादाभित्र रही जिल्ला संगठनलाई प्रभावकारी रूपमा अगाडि बढाउने विश्वाससमेत व्यक्त गरिएको उल्लेख गरिएको छ । कार्यबाहक अध्यक्ष प्रदान गरिएको पत्रको बोधार्थ नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङ र नेपाल विद्यार्थी संघको केन्द्रीय समितिलाई समेत दिइएको छ ।

नयाँ जिम्मेवारीसँगै गौतमले निर्वाचनमा संघलाई गतिशिल बनाउँदै विद्यार्थी हकहितका सवालमा केन्द्रीत रहेर भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिएका छन् ।