Ad Area

डेढ लाख राशीको फुटसल प्रतियोगिताको तयारी पूरा, २० टिमको सहभागीता


भ्यूमान पुन मगर
दाङ,१४ फागुन । दाङको घोराहीमा डेढ लाख राशीको ‘तेस्रो बिक्रम पुन स्मृति फुटसल प्रतियोगीता–२०८२ शुक्रवारदेखि सुरु हुने भएको छ । घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित एरियना फुटसल कोर्डमा ‘तेस्रो बिक्रम पुन स्मृति फुटसल प्रतियोगीता–२०८२ हुने भएको हो ।

शुक्रवारदेखि सुरु हुने प्रतियोगितमा २० क्लबहरु सहभागी भएको प्रतियोगिता आयोजक करेन्ची क्लवले जनाएको छ । आयोजकका अनुसार फागुनको १५ देखि १७ गतेसम्म तीन दिन खेल हुने आयोजक करेन्ची क्लवका अध्यक्ष साहस घर्तीमगरले जानकारी दिएका छन् । अध्यक्ष मगरका अनुसार प्रतियोगितामा विजयी हुने टिमले नगद एक लाख ५० हजाररुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता हुने टिमलाई नगद ८० हजार रुपैयाँसहित शिल्ड मेडल प्रदान गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाेउत्कृष्ट गोलकिपर र उदयमान खेलाडीलाई पाँच हजार पाँच सय रुपैयाका दरले पुरस्कार प्रदान गरिने अध्यक्ष घर्तीले जानकारी दिएका छन् । प्रतियोगिताको उद्घाट खेल शुक्रवार विहान करेन्ची ब्लु र एसटिएभ सीका बिचमा खेल हुनेछ ।