Ad Area

लालबाबु पण्डितसहित ४४ जना एमाले केन्द्रीय सदस्य मनाेनीत


दाङ, २६ मंसिर ।  नेकपा एमालेले लालबाबु पन्डित सहित ४४ जनालाई एमाले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए । उनीहरू सबैलाई केन्द्रीय कमिटी बैठकले मनोनीत गरेको हो ।

विधानअनुसार, खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट प्रसाईंसहित नौ जना मनोनीत गरिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । एकताको प्रक्रियाबाट मनोनीत नौ जनामा प्रसाईं, चुडादेवसिंह, रेशम लामा, गोविन्द दुवाल, सहदेव वोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक र विषमलाल अधिकारी छन् ।

ओलीको प्रस्तावमा यसअघि छुटेका एमाले सचेतक विशाल भट्टराई, लालबाबु पण्डितसहित युवा नेताहरू ऐन महर, रमेश पौडेल, रूपनारायण श्रेष्ठ, सुवास देवकोटालगायत केन्द्रीय कमिटीमा अटाएका छन् ।

यस्तो छ मनोनीत केन्द्रीय सदस्यको सूची :

१.दल फडेरा

२. ऐन महर

३.मानवीर राई

४.चन्द्रमोहन गौचन

५.रतनाथ योगी

६. रमेश पौडेल

७. पदम गिरी

८.सूर्य पाठक

९.यज्ञ बोगटी

१०. हरि घिमिरे

११.युवराज बाँस्तोला

१२. विशाल भट्टराई

१३.उद्धव रेग्मी

१४.बद्री न्यौपाने

१५. रुपनारायण श्रेष्ठ

१६. प्रेम दंगाल

१७.हरिकृष्ण व्यञ्जनकार

१८.भीम केसी

१९.लालबाबु पण्डित

२०. सुभास देवकोटा

२१.चुडादेवसिंह

२२.रेशम लामा

२३.दुर्गा प्रसाईं

२४. गोविन्द दुवाल

२५. सहदेव बोगटी

२६. बालसिंह काउछा

२७.कृष्ण केसी

२८. चन्द्रबहादुर विक

२९.विषमलाल अधिकारी

महिला

३०. इन्दिरादेवी गौतम

३१. सरस्वती चौधरी

३२. यमुना रोका

३३. उमा कोइराला

३४. कल्पना चापागाईं

३५. आशा विक

३६. नैनकला ओझा

३७. मञ्जु गुरुङ

३८. विमला अर्याल

३८. इन्दिरा सञ्जाल

४०. शान्ति अधिकारी

४१. रुक्मिणी राठा

४२. सरस्वती यादव

४३. तारादेवी गुरुङ

४४. गीता कार्की