Ad Area

पत्रकार महासंघ दाङ शाखाले स्थापना दिवस मनाउने


दाङ,२६ मंसिर । नेपाल पत्रकार महासंघ दाङ शाखाले विविध कार्यक्रमको आयोजना गरि आफ्नो स्थापना दिवस मनाउने भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा आइतवार बसेको बैठकले पुस १ गतेदेखि ४ गतेसम्म विविध कार्यक्रमहरुको आयोजना गरेर स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

जस अन्तरगत पुस १ गते रक्तदान कार्यक्रम, २ गते बंगलाचुलीमा मिडिया सम्मेलन, ३ गते पत्रकार महासंघ दाङको वेवसाईड सार्वजनिक र ४ गते पुरस्कार वितरण तथा स्थापना दिवस बिशेष कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव आर.के.शीतलले जानकारी दिएका छन् ।

स्थापना दिवस मनाउनकालागी विभिन्न समितिहरु गठन गरिएको छ । जसअनुसार अध्यक्ष दुर्गालाल केसी संयोजक रहेको उपाध्यक्षहरु बसुन्धरा गौतम र सन्तोष सुवेदी सदस्य रहेको पुरस्कार छनोैट समिति, सचिव आर.के.शीतल संयोजक रहेको सह–सचिवहरु दशरथ घिमीरे र दिप्तीशिखा चौधरी सदस्य रहेको स्थापना दिवस कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ ।

त्यसैगरी कार्यसमिति सदस्य उदय बिसी संयोजक रहेको सदस्यहरु दुःखहरण यादव र गिरिराज नेपाली सदस्य रहेको मञ्च व्यवस्थापन समिति, शिवराज खनाल संयोजक रहेको अञ्जना चौधरी र उमा भण्डारी सदस्य रहेको स्वागत सत्कार समिति गठन गरिएको छ ।

बैठकले रेडियो स्वर्गद्धारीमा कार्यरत सञ्चारकर्मी रामसिंह विश्वकर्मा दुबै मृगौला फेल भई हाल मानव अंग प्रत्यारोपण केन्द्र सहिद धर्मभक्त किड्नी ट्रान्सपलान्ट सेन्टर दुधपाटी भक्तपुरमा उपचारत रहेकाले उनको उपचारकालागी सहयोग अभियान सुरु गर्ने निर्णय गरेको छ ।

जसकालागी पत्रकार महासंघ दाङ शाखामा वा रामसिंह बिकको नाममा कृषी विकास बैंकको खाता नम्बर ०९१९४०१९९५३२४०१७ र प्रभु बैंकको खाता नम्बर ०३६००२७१०५००००११ मा रकम जम्मा गरेर भौचर पत्रकार महासंघ दाङ शाखालाई उपलब्ध गराईदिन समेत सम्पूर्णमा अनुरोध गर्ने निर्णय गरेको सचिव शीतलले जानकारी दिएका छन् ।

Blog Post Ad

त्यसैगरी बैठकले नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य नरेन्द्र के.सीको आमा जानकादेवी केसीको ८७ वर्षको उमेरमा र सदस्य जितसागर जिएमको वुवा भादुराम घर्तिको ८४ वर्षको उमेरमा हालै भएको असामयिक निधनप्र्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्ने निर्णय गरेको महासंघ दाङ शाखाले जनाएको छ ।

Blog Post Ad Blog Post Ad