लुम्बिनी प्रदेशस्तरीय महोत्सव : महिला उद्यमशीलता सम्बन्धी छलफल
घोराही, ६ चैत । घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा सञ्चालन भईरहेको दैनिक विशेष कार्यक्रमअन्तरगत शुक्रवार महिला उद्यमशीलतासँग सम्बन्धीत छलफल भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखी चैत १५ गतेसम्म ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सव ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा महिला उद्यमशीलता सम्बन्धी छलफल गरिएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले महिलाहरुलाई उद्यमशीलतामा जोडेर आत्मनिर्भर बनाउन आवश्यक भएको बताएका थिए । कार्यक्रमको वक्ताहरुमा अधिकारकर्मी एवं सामाजिक अभियान्ता बिमला योगी, महिला अधिकारकर्मी निर्मला गौतम रेग्मी, पत्रकार लक्ष्मी अचार्य र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी पवित्रा खड्का रहनुभएको थियो । कार्यक्रममा बोल्दै सामाजिक अभियान्ता बिमला योगीले महिलाहरुलाई सामाजिक र आर्थिक रुपमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका थिए । उनीहरुले स्थानीय स्रोतमा आधारित साना तथा घरेलु उद्योगहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । स्थानीय स्रोत र सीप एवं ज्ञानलाई लक्षित गरेर साना तथा घरेलु उद्योगहरुमा सरकारले ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।
महिला उद्यमीहरु सफल बन्न सकेमा समाज रुपान्तरण हुने उहाँको भनाई थियो । साथै उहाँले राज्यले पूँजी र प्रविधीमा लगानी एवं उत्पादित वस्तुलाई बजारिकरण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । महिलाहरु विभिन्न हिंसाका कारण अहिले पनि मानसिक समस्यामा झेलिरहेको बताउदै उहाँले यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
निर्मला गौतम रेग्मीले महिला उद्यमीहरुलाई पूँजी लगानी र उद्योग सञ्चालनमा धेरै जोखीमहरु भएकाले जोखीम न्यूनिकरणका लागि ध्यान दिन आवश्यक रहेको बताउनुभयो । महिलाको नाममा उद्योग दर्ता गर्दा केही छुट हुने व्यवस्था भएपनि उद्योगबाट हुने पूँजी परिचालनमा महिलको अधिकार नभएको उहाँको भनाई थियो । महिलाहरुलाई प्रोत्साहित गर्ने कार्यक्रम लागु गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
पत्रकार एवं महिला अधिकारकर्मी लक्ष्मी आचार्यले महिला उद्यमीहरुका लागि न्याय र समानता आवश्इक रहेका बताउनुभयो । महिलामैत्री समाज कसरी बनाउनेतर्फ ध्यान दिन आवश्यक रहेको बताउदै यस विषयमा सबै संवेदनशील बन्न आवश्यक रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दाङका प्रतिनिधी प्रहरी सहायक हवल्दार पवित्रा खनालले प्रहरीमा महिला तथा बालबालिका शाखामा आउने केशहरुमा घरेलु हिंसा, लैंगिक हिसा र यौनजन्य हिंसाका केशहरु रहेको बताउनुभयो । उहाँले महिला सम्बन्धी केशमा प्रहरीले पीडितलाई केन्द्रमा राखेर सम्पूर्ण सुरक्षा अपनाएर कार्य गर्ने गरेको बताउनुभयो । उहाँले यस्ता केशहरुको कानुनी उपचारका लागि समुदायले पनि प्रहरीलाई सहयोग गर्नुपर्ने उहाँको भनाई थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका कोषाध्यक्ष विष्णु थापा अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतितथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिसीले गरिबी न्यूनिकरण, हिंसा रहित समाज निर्माण, मौलिक अधिकार सुनिश्चित गर्ने विषयमा स्थानीय सरकार गम्भीर भएर कार्य गरिरहेको बताउनुभयो । राज्यको नितिमा नागरिकहरु सचेत बनेर अगाडी बढ्नुपर्ने उहाँको भनाई थियो । महिलाहरु उद्यमशीलतामा जोडिन सकेमा समाज रुपान्तरण हुन सक्ने पनि डिसीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष लव अधिकारीले सरकारले साना तथा घरेलु उद्योगमा महिलाहरुलाई उत्प्रेरणा दिने खालका कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो । उहाँले महिलाहरु उद्यमशील बनेमा परिवार एवं समाज नै रुपान्तरणको मार्गमा लाग्ने बताउनुभयो । उहाँले महोत्सवले उद्यागी, महिला, बालबालिकाहरुलाई प्राथमीकतामा राखेर दैनिक विशेष कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । कार्यक्रममा उद्योगीहरु गीता रावत, प्रेमकुमारी पुन, रचना सुवेदी लगायतले उद्यमशीलताको अनुभव सेयर गर्नुभएको थियो ।
कार्यक्रम संयोजक सरद अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महिला मानव अधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष अनिता पोख्रेलले गर्नुभएको थियो । महोत्सवमा शुक्रवारको हावाहुरी र बर्षाका कारण कार्यक्रम प्रभावित भएको थियो ।
शनिवार पंगेनी र परियारको प्रस्तुति
महोत्सवमा शनिवार पनि चर्चीत कलाकारहरुको प्रस्तुति रहने भएको छ । शनिवार लोकदोहारीका चर्चीत गायक बद्रि पंगेनी, गायिक शान्ता रानी परियार, शान्तराम सेञ्चुरी, ममता थापा, बिनोद परियार लगायतका कलाकारहरुको प्रस्तुति रहने महोत्सव आयोजक मूल समितिका संयोजक लव अधिकारीले जानकारी दिनुभएको छ । महोत्सवमा स्थानीय उत्पादनका विभिन्न स्टलहरु राखिएको छ । महोत्सवमा अवलोकनका लागि उहाँले सम्पूर्ण दर्शहरुमा अनुरोध गर्नुभएको छ ।
