Ad Area

घोराही–१६ मा निःशुल्क आँखा शिविर, तीन सय बढीले लिए सेवा


दाङ,५ चैत । घोराही उपमहानगरपालिका–१६ स्यानी अम्वापुरमा निःशुल्क आँखा शिविर भएको छ । दाङ महिला जेसीज, त्रिभुवननगर जेसीज घोराही र रोटरी क्लब अफ दाङको आयोजना तथा तिलगंगा नेत्र विज्ञान संस्थान र फ्रेड होलोज फाउन्डेसनको प्राविधिक सहयोग एवं घोराही उपमहानगरपालिका–१६ नम्बर वडा कार्यालयको समन्वय बिहीबार निशुल्क आँखा चेकजाँच शिविर भएको हो ।

मोतियाबिन्दुको पहिचान गरेर निशुल्क अप्रेसन गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा तीन सय १६ जनाले सेवा लिएका थिए । त्यसमध्ये ३४ जनाको आँखामा मोतियाविन्दुको समस्या देखिएको रोटरी क्लब अफ दाङका अध्यक्ष रोशन दाहालले जानकारी दिएका छन् । उनका अनुसार शिविरमा आँखाको समस्या देखिएका एक सय बढीलाई निशुल्क चश्मा वितरण गरिएको थियो । दाङ महिला जेसीजकी अध्यक्ष अर्चना शर्माको अध्यक्षता तथा घोराही–१६ का अध्यक्ष तारा डिसीको प्रमुख आतिथ्यतामा भएको शिविरको उद्घाटनसत्रमा बोल्ने बक्ताहरुले निशुल्क स्वास्थ्यय शिविरले आर्थिक रुपमा विपन्न नागरिकलाई महत्वपूर्ण सहयोग पु¥याउने बताएका थिए ।

शिविरको उद्घाटन गर्दै वडा अध्यक्ष डाँगीले स्थानीय सरकारले गर्ने कार्य जेसीज र रोटरीलगायतका सस्थाहरुले गरेर नागरिकलाई ठुलो गुन लगाउने काम गरेको बताएका थिए । कार्यक्रममा दाङ महिला जेसीजकी सस्थापक अध्यक्ष निर्मला गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दाङ महिला जेसीजकी कानुनी सल्लाहकार लक्ष्मी चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको शिविरको उद्घाटन कार्यक्रममा रोटरी क्लव अव दाङका अध्यक्ष रोशन दाहालले शिविरका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण दाङ महिला जेसीजकी कार्यकारिणी उपाध्यक्ष आरधनासिंह ठकुरीले गरेकी थिइन ।