Ad Area

पाँचौँ लमही मेयर कपको उपाधि देउखुरी वारियर्सलाई


देउखुरी, २१ चैत । पाँचौँ लमही मेयर कप नगरस्तरीय टि–२० प्रतियोगिताको उपाधि देउखुरी वारियर्सले जितेको छ । देउखुरी क्रिकेट क्लबको आयोजना तथा लमही नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिताको फाइनल खेलमा लमही नगरपालिका वडा नं. ५ को टिमलाई ५ रनले हराउँदै देउखुरी वारियर्सले उपाधि उचाल्न सफल भएको हो ।

टस जितेर ब्याटिङ गरेको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १२१ रन बनाएको थियो । जसमा राजकुमार कुमालले ३८ बलमा २ छक्का र १ चौकाको मदतमा ३६ रन जोड्न सफल भए । त्यसैगरी निर्मलसिंह ठकुरी २७ , सन्दिप थापाले २३ रनको योगदान दिए । बलिङमा वडा न. ५ तर्फबाट सुरज धिताल र श्रवण चौधरीले समान २÷२ विकेट, जीवन केसी, सन्जय कुमाल र जहविर खानले समान १–१ विकेट लिएका थिए ।

देउखुरी अन्तराष्ट्रिय क्रिकेट रंगशालामा शनिवार भएको फाइनल खेलमा १२२ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रिएको वडा न.५ ले निर्धारित २० ओभरको खेलमा १९.५ ओभरमा अल आउट हुँदै ११६ रनमा समेटिएको थियो । वडा नं.५ का लागि बिमल खत्रीले २६, जीवन केसीले २४ र सुवन बस्यालले १९ रनको योगदान दिएपनि जितका लागि प्रयाप्त हुन सकेनन । बलिङमा देउखुरी वारियर्सका अतितराज पाण्डे र निर्मलसिंह ठकुरीले समान ३÷३, एलिसन अधिकारीले २ विकेट लिए ।

वडा न.५ लाई ५ रनले हराउँदै उपाधिसंँगै नगद ४० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । उपविजेता लमही वडा न. ५ ले नगद ३० हजारसहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा ब्याटिङ र बलिङमा उत्कृष्ट खेल प्रदर्शन गर्ने निर्मलसिंह ठकुरी म्यान अफ द म्याच बन्न सफल हुनुभएको थियो । त्यसैगरी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी सन्दिप थापा र बेस्ट बलर सुभम खनाल र इमेर्जिङ खेलाडी सुशान्त भण्डारी बनेका थिए ।