घोराहीमा जुत्ता मेला हुने, १५ देखि ५० प्रतिशत छुटको व्यवस्था
दाङ,३० चैत । दाङको घोराहीमा पहिलो पटक जुत्ता मेला हुने भएको छ । नयाँ बर्ष २०८३ को अवसरमा यहि बैशाखको १ गतेदेखि जेठको २८ गतेसम्म घोराही–१५ नेत्रलाल चोकदेखि दक्षिणतर्फ थारु गल्लीस्थीत नेपाली जुत्ता घर पसलमा मेला सञ्चालन हुने भएको हो ।
स्वदेशी उत्पादनको प्रवद्र्धन र नेपाली उत्पादनको प्रयोग बढाउने उद्देश्यले सञ्चालनमा आएको पसलले पहिलो पटक घोराहीमा जुत्ता मेला गर्न थालेको हो । नेपालका प्रतिष्ठित आठ कम्पानीका विभिन्न आकार र साइजका जुत्ता बिक्रीका लागि राखिने पसल सञ्चालक दामोदर न्यौपानेले जानकारी दिएका छन् ।
उनका अनुसार बालबालिकादेखि जेष्ठ नागरिकसम्म महिला तथा पुरुषका लागि आवश्यक पर्ने जुत्ताहरु मेलामा राखिनेछ । मेला अवधिभर जुत्तामा १५ देखि ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
