Ad Area

दाङ स्कुल च्याम्पियनसिप हुने


दाङ,१४ वैशाख । दाङ स्कुल च्याम्पियनसिप–२०८३ हुने भएको छ । खेलकुद क्षेत्रको विकास र नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले गुर्जे युवा क्लवको आयोजनामा प्रतियोगिता हुन थालेको हो ।

प्रतियोगिताको बिजेताले नगद ९१ हजार १ सय ११ रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने उपबिजेता हुने टिमले नगद ४० हजार १ सय ११ रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा सहभागी हुने टिमका लागि सात हजार रुपैया दर्ता शुल्क तोकिएको छ । तेश्रो हुने टिमले १५ हजार पाँच सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

प्रतियोगितामा सहभागी टिमको सहजताका लागि क्वालिफायरसम्मका खेलहरु घोराही क्षेत्रका लागि घोराही–१२ स्थीत हापुरबिजौरी खेल मैदान र तुलसीपुर क्षेत्रका लागि तुलसीपुर–५ मा रहेको अरनिको मैदानमा हुने छन् । त्यसका लागि घोराहीमा जंगखोली रिसोर्ट र तुलसीपुर क्षेत्रका लागि गुरु स्पोर्ट हाउसले सहयोग गर्नेछन् । प्रतियोगितामा सहभागीताका लागि घोराही क्षेत्रमा बैशाख ३१ गतेसम्म दर्ताको समय दिइएको छ भने तुलसीपुर क्षेत्रका लागि जेठ १२ गतेसम्मको समय दिइएको छ ।

घोराही र तुलसीपुर क्षेत्रबाट छनोट हुने तीन÷तीन वटा टिमले दाङ स्कुल च्याम्पियनसिपको उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । उक्त खेलहरु हापुर बिजौरी खेल मैदानमा हुने आयोजक गुर्जे युवा क्लबका प्रताप बिष्टले जानकारी दिएका छन् । उनका अनुसार कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थी सहभागी हुन पाउने प्रतियोगितामा २०८२ सालको एसइई परीक्षामा सहभागी विद्यार्थी खेलाडी पनि सम्वन्धीत स्कुलमा बाट प्रतियोगितामा सहभागी हुन पाउनेछनु ।