Ad Area

दाङमा ‘लागुऔषध नियन्त्रण विशेष स्विप अपरेशन’, एक सय ६२ जना पक्राउ


दाङ,१४ वैशाख । दाङमा लागुऔषध नियन्त्रण तथा रोकथामका लागि प्रहरीले सञ्चालन गरेको ‘लागुऔषध नियन्त्रण विशेष स्विप अपरेशनका क्रममा एक सय ६२ जना पक्राउ परेका छन् ।

जिल्लामा बढ्दै गएको लागुऔषध दुव्यर्सनीलाई नियन्त्रण गर्ने उद्देश्यले यहि बैशाखको ९ गतेदेखि १३ गतेसम्म सञ्चालन गरेको ‘लागुऔषध नियन्त्रण विशेष स्विप अपरेशन’ का क्रममा २३ जना महिला र एक सय ३९ जना पुरुष गरेर एक सय ६२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारीले दिनुभएको छ ।

प्रहरी नायव उपरीक्षक बोहराका अनुसार लागुऔषध नियन्त्रण विशेष स्विप अपरेशनका क्रममा जिल्लाका विभिन्न ठाउँबाट ४० ग्राम ५५० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ । लागुऔषधविरुद्धको प्रहरी अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानका क्रममा पक्राउ परेका २१ जनालाई मुद्धा चलाएको छ । जसमध्ये १५ जनालाई लागुऔषध, पाँच जनालाई अभद्र व्यवहार र एक जनालाई चोरीको कसुरमा मुद्धा दर्ता गरेर अनुन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार नियन्त्रणमा लिइएकामध्ये २ जनालाई पुनस्र्थापना केन्द्र पठाइएको छ भने एक सय ३४ जनलाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाएको छ । अभियानका क्रममा विभिन्न समयमा अदालतबाट दोषी ठहर भइ एक बर्ष तीन महिना कैद र तीन हजार पाँच सय नगद जरिवाना तोकिएर फरार रहेका पाँच जना फरार प्रतिवादी समेत पक्राउ परेका छन् । यसैगरी लागुऔषध दुव्र्यसन मुक्त समाज निर्माणका लागि प्रहरीले अभियानलाई निरन्तर रुपमा सञ्चालन गर्ने जनाएको छ ।