Ad Area

एक दिवसीयमा सन्दीपको विश्व कीर्तिमान


काठमाडौँ, ४ जेठ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । नेपाली टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेले सर्वाधिक छिटो एक सय ५० विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाएका हुन ।

घरेलु मैदान कीर्तिपुरमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध तीन विकेट लिएसँगै सन्दीपले आफ्नो नाममा विश्व कीर्तिमान रच्नु सफल भए । लामिछानेले यसअघि अष्ट्रेलियाका मिचेल स्टार्सको नाममा रहेको कीर्तिमान तोडेका थिए । मिचेलले यसअघि सन २०१९ मा ७७ खेलमा एक सय विकेटको कीर्तिमान बनाएका थिए । उनले ७३ खेलमा एक सय ५० विकेट लिँदै स्टार्सको कीर्तिमान तोड्न सफल भएका हुन ।

सन्दीपले यसअघि नै एक दिवसीयमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान आफ्नो नाममा राखेका छन भने एक दिवसीयमा ब्यक्तिगत सर्वाधिक ६ विकेट भने सन् २०२१ को विश्वकप लिग–२ कै सिरिजमा पिएनजीविरुद्ध लिएका हुन । सोमबार स्कटल्यान्डविरुद्ध तीन विकेट लिनेक्रममा सन्दीपले पूरा १० ओभर बलिङ गर्दै ४७ रन खर्चिएका थिए । यस खेलमा अर्का बलर ललित राजवंशीले आठ ओभरका ३२ रन खर्चिएर सर्वाधिक चार विकेट लिए ।