पदक बिजेता खेलाडीलाई ग्यालेक्सी एकेडेमीद्वारा सम्मान


दाङ,२९ जेठ । तेस्रो प्रोफेसनल हाप्किडो च्याम्पियनसिप–२०२६ का पदक बिजेता खेलाडीलाई घोराही–१८ मा रहेको ग्यालेक्सी एकेडेमीले सम्मान गरेको छ ।

एकेडेमीले शुक्रवार कार्यक्रमको आयोजना गरि प्रशिक्षक रुपा बुढामगरसहित पदक बिजेता खेलाडीलाई सम्मान गरेको हो । एकेडेमीमा अध्ययनरत स्वर्ण पदक बिजेता खेलाडी सुनिल घर्ती, भुवन पुन मगर, रजत पदक बिजेता क्रिस्टी डाँगी, दिपिका बिसी र काश्य पदक खेलाडी सदिक्षा बुढा मगर र आनन्द नेपालीलाई सम्मान गरेको हो ।

बजेता खेलाडीले नेपालगंज हाप्किडो संघको आयोजनामा जेठको २० गतेदेखि २४ गतेसम्म भएको तेस्रो प्रोफेसनल हाप्किडो च्याम्पियनसिप–२०२६ मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै खेलेर पदक जित्न सफल भएका थिए । बिजेता खेलाडीलाई स्कुलका प्रिन्सीपल गोपाल भुसाललगायतका शिक्षकले अविर टिकासँगै सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल भुसालले खेलाडीहरूले विद्यालयको मात्र नभई समग्र लुम्बिनी प्रदेशको नाम राष्ट्रियस्तरमा उच्च बनाएको भन्दै खेलाडीलाई हार्दिक बधाई ज्ञापन गरेका थिए। उनले खेलाडीहरूको मेहनत, अनुशासन र समर्पणको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गर्नेगरी‌ मेहनत गर्न आग्रह गरेका थिए।