घोराहीमा प्रदेशस्तरीय बक्सिङ खेलाडी छनोट प्रतियोगिता हुने


दाङ, २८ जेठ । घोराहीमा लुम्बिनी प्रदेशस्तरीय बक्सिङ खेलाडी छनोट प्रतियोगिता हुने भएको छ ।

आगामी असार ८ देखि १३ गतेसम्म काठमाडौंमा सञ्चालन हुने ३० औँ राष्ट्रिय पुरुष तथा ११ औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताका लागि लुम्बिनी प्रदेश बक्सिङ संघको आयोजनामा खेलाडी छनोट प्रतियोगिता हुन थालेको हो ।

लुम्बिनी प्रदेश बक्सिङ संघका अध्यक्ष राजु गुरुङका अनुसार छनोट प्रतियोगिता घोराही उपमहानगरपालिका–१५ स्थित दरबार स्केट पार्कमा जेठ २९ गते बिहान ७ बजेदेखि सञ्चालन हुनेछ । प्रतियोगिताबाट छनोट भएका खेलाडीले राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी हुनेछन् ।

प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाका खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार खेलाडी छनोट प्रतियोगिताका लागि प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ ।