Ad Area

दाङमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु


दाङ, २७ मंसिर । दाङमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–६ अर्घरा निवासी रोहित पाण्डेका २ वर्षीया छोरी आहाना पाण्डेको रहेको प्रहरीले बताएको छ ।

बबई स्टार लिटिल बोडिङ स्कुलको ना ३ ख ९९९३ नम्बरको बसले सोमबार सवा १० बजे जन्द्रगाउँमा ठक्कर दिदा बालिकाको मृत्यु भएको हो ।

विद्यार्थी लिएर स्कुलतर्फ आउँदै गरेको बसले बालिकालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाईते बालिकाको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठना पु¥याए लगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

बालिकाको शव पोष्टमाट्म पछि अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Blog Post Ad Blog Post Ad