Ad Area

व्याडमिन्टमा सुरजलाई दुई स्वर्णसहित तीन पदक


दाङ,२७ मंसिर । बाँके जिल्लाको नेपालगंजमा भएको ‘बाँके जिल्ला खुल्ला व्याडमिन्टन प्रतियोगिता’ मा दाङका सुरज गुप्ता ‘लड्डु’ले दुई स्वर्णसहित तीन पदक जितेका छन् । दाङबाट सहभागी भएका सुरजले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै तीन पदक जितेका हुन ।

बाँके जिल्ला व्याडमिन्टन संघ, भैरवप्रसाद गण र कर्मचारी मिलन केन्द्र बाँकेको सयुक्त आयोजनामा भएको प्रतियोगितमा घोराही निवासी सुरजले दुई स्वर्ण र एक काश्य पदक जितेका हुन । उनले मेन्स ओपन सिंगल र पुरुष एकल–१९ मा स्वर्ण पदक जितेका हुन । मेन्स ओपन सिंगलमा नेपालगंजका सरोज अन्सारीलाई हराउँदै स्वर्ण जितेका हुन भने पुरुष एकल–१९ मा पनि नेपालगंजकै शिव सुनारलाई हराएका थिए ।

जीतसँगै प्रतियोगिताले आफुलाई खेलक्षेत्रमा अघि बढ्न् हौसल्ला प्रदान गरेको सुरजले बताए । व्याडमिन्टन खेलमा उत्कृष्ट खेल प्रदर्शन गरिरहेका सुरज गुप्ता लडडु नेपाल व्याडमिन्टन संघले गरेको खेलाडी बर्गीकरणमा अन्डर एज ग्रुप समूहमा राष्ट्रिय खेलाडीका रुपमा रहेका छन् । ओपन डवल पुरुषमा काश्य पदकमा सिमित रहेका थिए । उनको टिम ओपन डवलमा नेपालगंजको टिमसँग पराजित हुँदै काश्य पदकमा सिमित हुन पुगेको थियो ।

तीन पदक जितेका सुरजले बेष्ट प्लेयर बन्दै नगद प्रमाण, मेडलसँगै व्याट्स र जुतालगायतका खेलकुद सामग्री प्राप्त गरेका हुन । प्रतियोगितामा लुम्विनी प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताका विभिन्न ६ इभेन्टमा ६० बढी खेलाडीहरुको टिमको सहभागिता रहेको थियो । जसमा एक सय बढी खेलाडीहरुको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad