टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


दाङ,४ साउन । दाङमा टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

देउखुरीको गढवा गाउँपालिका–६ थानदेउखुरीमा सोमवार टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गढवा गाउँपालिका–६ थानदेउखुरी निवासी ५६ वर्षीय रामसेवक यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा हेमबहादुर केसीले जानकारी दिएका छन् ।

प्रहरी नायव उपरीक्षक केसीका अनुसार सोमवार दिउँसो आफ्नै घरको सुत्ने कोठामा टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि गढवा स्वास्थ्य चौकी पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।