वीपी स्मृति दिवसमा दाङमा वृक्षारोपण र ‘जरा अभियान’ समापन गर्ने


दाङ,४ साउन । ४४औँ वीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दाङले वृक्षारोपण तथा ‘जरा अभियान’ को समापन गर्ने भएको छ । नेपाली कांग्रेस दाङले सूचना जारी गर्दै साउन ६ गते बिहान ११ः३० बजे घोराही उपमहानगरपालिका–१६ स्थित सिर्जनशिल आधारभूत विद्यालय बाहुनडाँडामा वृक्षारोपनसँगै जरा अयिभानको समापन गरिने जनाएको छ ।

नेपाली कांग्रेस दाङका जिल्ला सचिव अर्जुनकुमार योगी र बालिका लम्सालले संयुक्त रुपमा सोमवार निकालेको सूचनामा ४४औँ वीपी स्मृति दिवसलाई वृक्षारोपण र वातावरण संरक्षणसँग जोड्दै अभियानको समापन कार्यक्रम सफल बनाउन सबै नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई सहभागिताका लागि अनुरोध गरिएको छ ।

सूचनामार्फत कांग्रेस दाङले कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्य, लुम्बिनी प्रदेश कार्यसमितिका पदाधिकारी, पूर्वमन्त्री, जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, स्थानीय तह र वडा कार्यसमितिका पदाधिकारी, निर्वाचित जनप्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, क्रियाशील सदस्य तथा शुभेच्छुकलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।