Ad Area

उत्कृष्ट युवा पुरस्कार व्यवसायी बस्नेतलाई


दाङ,२७ मंसिर । त्रिभुवननगर जेसीजले प्रत्येक बर्ष प्रदान गर्दै आएको यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार–२०२१ युवा व्यवसायी गेहेन्द्रबहादुर बस्नेतलाई प्रदान गरेको छ । घोराही उपमहानगरपालिका–९ दुवीचौरामा गणपति भिनियर एण्ड प्लाई उद्योग सञ्चालन गर्दै आएका सफल युवा व्यवसायी बस्नेतलाई पुरस्कार प्रदान गरेको हो ।

२०६३ सालदेखि प्लाई उद्योग तथा उद्योगका लागि आवश्यक कच्चा सागम्री उत्पादनका लागि उद्योग सञ्चालन गर्दै आएका बस्नेतलाई पुरस्कृत गरेको हो । औद्योगिक क्षेत्रमा क्रियाशील रही दाङ जिल्ला तथा सिंगो राष्ट्रको बेरोजगारी समस्या निवारणमा पहल कदमी लिदै आर्थिक समृद्धिमा योगदान पु¥याउने बस्नेतलाई दिएको हो । उक्त पुरस्कार यसअघि सविन प्रियासन, उर्मिला चौधरी, बिरुभाई ब्रजाचार्य,डा. अरविन्द्र भुसाल, प्रदीप मजगैया र कुलदीप न्यौपानेलाई प्रदान गरिएको थियो ।
त्रिभुवननगर जेसीज घोराहीका अध्यक्ष मुकेश्वर शर्माको अध्यक्षता तथा बरिष्ठ साहित्यकार एव समालोचक डा.अमर गिरीको प्रमुख आतिथ्यता एव राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा सोमवार घोराहीमा भएको कार्यक्रममा बस्नेतलाई पुरस्कार प्रदान प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले युवा देशका मेरुदण्ड भएकाले युवाहरुको ध्यान समाजको परिवर्तनसँगै विकासका लागि हुनुपर्ने बताएका थिए । त्यसका लागि युवाहरु अनुसासिस,मर्यादित र सक्षम हुन आवश्यक रहेको भन्दै त्रिभुवननगरलाई सक्षम युवा उत्पादनमा ध्यानदिन आग्रह गरे ।
कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रीय सदस्य पुरुषोत्तम खनाल, निर्णयक समितिका संयोजक एव पूर्व सचिव रमेशकुमार अधिकारी, त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष सुशीलप्रकाश आचार्य, दाङ महिला जेसीजका अध्यक्ष ममता विष्ट डाँगीलगायतले बोलेका थिए ।

यसैविच त्रिभुवननगर जेसीजले त्यस अवसरमा दुर्गानारायण वक्तृत्व कला प्रतियोगिता समेत सम्पन्न गरेको छ । ‘परिवर्तनका लागि जागौं’ भन्ने विषयमा आयोजना गरेको प्रतियोगितामा गोरखा इन्टरनेशल स्कुलकी छात्रा दिपीका डिसी प्रथम, माध्यामिक विद्यालय रझेनाका छात्र पारष वली द्धितीय, गुरुकुल इन्टरनेशल एकेडेमीमा अध्ययनरत सिर्जना गैरे तीतृय र माउण्ट भ्यू बोर्डिङ स्कुलमा अध्ययनरत कृतन भण्डारी र मेचिकाली आवासीय विद्यालयमा अध्ययनरत इशा शाह सान्त्वना स्थान प्राप्त गरेका थिए । प्रतियोगिताका बिजेताहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरुको सहभागिता रहेको थियो ।

वक्तृत्व कलाको निर्णायकमा पूर्व सचिव रमेशकुमार अधिकारी, त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष दिपक शर्मा समिर र महेन्द्रबहुमुखुी क्याम्पस घोराहीका उपप्रध्यापक निमग्ना घिमिरे रहेका थिए । कार्यक्रमको सहजीकरण महासचिव टंक रावत ‘अनन्त’ले गरेका थिए । दुर्गानारायण वक्तृत्व कला प्रतियोगिताको संयोजकमा श्यामकुमारी गिरी र यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कारको संयोजकमा बुद्धिप्रकाश शर्मा रहेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad