कांग्रेस नेता कोइरालाले सरकारले छुट्याएको २ करोड नलिने


 

दाङ,२२ साउन। नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले विराटनगर(७ स्थित ुकोइराला निवासु मर्मतका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ नलिने भएका छन।

चालु आर्थिक वर्ष २०८३र८४ मा कोइराला निवासु मर्मतका लागि सरकारले २ करोड रुपैयाँ विनियजन गरेको थियो।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै लेखिएको पत्रमा डा। कोइरालाले बजेट विनियोजनका लागि सरकारप्रति आभार व्यक्त गरेपनि उक्त रकम नैतिक रूपमा स्वीकार गर्न नसक्ने स्पष्ट पारेका छ्न।

राज्यको सीमित स्रोत र साधन अभाव, वञ्चना र कष्टमा रहेका आम नागरिकको उत्थानमा प्रयोग हुनुपर्ने भन्दै उनले सो बजेट अस्वीकार गरेका हुन्। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मघरका रूपमा परिचित उक्त निवास शताब्दी पहिले पिताजी कृष्णप्रसाद कोइरालाले निर्माण गरेका र थिए। गत वर्ष भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा जलाइएपछि यसको भौतिक रूप नष्ट भएको पत्रमा उल्लेख छ।

बिपी कोइरालाको सच्चा श्रद्धाञ्जली र कोइराला निवासप्रतिको न्याय नेपाली जनताको गास, बास र कपासका लागि राज्य समर्पित हुनु नै रहेको उल्लेख गर्दै डा। कोइरालाले मन्त्रालयलाई विनियोजित बजेट फिर्ता लिन अनुरोध गरेका छ्न् ।