Ad Area

देउवालाई समर्थन गर्ने प्रकाशमानको निर्णय


काठमाडौं,२८ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् ।

देउवासँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले भने, ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं ।’

उनले नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर प्रतिस्पर्धा गरेपनि देशभरीका बहुमत महाधिवेशन प्रतिनिधिले देउवाजीको पक्षमा मत जाहेर गरेकाले दोश्रो चरणको मतदानमा आफुले पनि देउवालाई सहयोग गर्ने भएको बताए । दुई नेताको सहमतिमा देउवाले विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता गरेका छन् ।

Blog Post Ad Blog Post Ad