Ad Area

नेपाल बैंकमा विद्यार्थी र नयाँ दम्पत्तीहरुलाई लक्षित बचत खाता


दाङ,२८ मंसिर । नेपाल बैंक लिमिटेडले विद्यार्थी र नयाँ दम्पत्तीहरुलाई लक्षित गरेर नयाँ शुभ ज्ञान बचत खाता कार्यक्रम ल्याएको छ ।

बैंकले ल्याएको नयाँ बचत खाताको बारेमा बैंकको दाङ शाखाले मंगलबार घोराहीमा रहेको महेन्द्र बहुमुुखी क्याम्पसमा वित्तिय साक्षरता कक्षा सञ्चालन गरेर विद्यार्थीहरुलाई जानकारी दिएको हो ।

जसअन्तर्गत नेपाल टेलिकमको प्रिपेड सिम निशुल्क उपलव्ध गराउने,सून्य व्यालेन्समा खाता खोल्न सकिने,निशुल्क डेविट कार्ड, मोवाइल बैंकिङ,इन्टरनेट बैंकिङ,डिम्याट खातालगायतका सेवाहरु रहेका छन् ।

व्यवस्थापनतर्फ बिबिएसमा अध्ययनरत २ सय जना बढी बिद्यार्थीहरुको उपस्थितीमा बिद्यार्थीलाई लक्षित गर्दै ल्याएको शुभ ज्ञान बचत खाता तथा नयाँ दम्पत्तीहरुका लागि ल्याएको सहयात्री बचत खाताको बारेमा र समग्र बित्तीय साक्षरताका विषयमा अभिमुुखिकरण गरेको हो ।

बदलिदो समयमा बित्तीय कारोवार अनिवार्य र अपरिहार्य बन्दै गएकाले बित्तीय जानकारी सबैलाई हुनुुपर्ने भएका कारण विद्यार्थीलाई अभिमुुखिकरण गरिएको बैंकका शाखा प्रबन्धक सरोज उपाध्यायले जानकारी दिएका छन् ।

महेन्द्र बहुमुखी क्याम्पसका एमविएस संकायका संयोजक किशोर पोख्रेलको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा बैंकका सहायक शाखा प्रबन्धक राजु रानाक्षेत्रीले बित्तीय साक्षरताको महत्व र विद्यार्थी एवं दम्पत्तीले पैसा बचत गर्दा त्यसले दिने लाभका बिषयमा जानकारी गराएका थिए ।

Blog Post Ad

कार्यक्रममा क्याम्पसका व्यवस्थापन संकायका प्रमुख केशवकुमार आचार्य, विविए संयोजक राम थापाले वित्तिय कारोबारका बारेमा सबैलाई ज्ञान हुनुपर्नेमा जोड दिदै बैंकले गरेको कार्यक्रम प्रभावकारी बनेको बताए ।

कार्यक्रममा बैंकका कर्मचारीहरु सुरज अर्याल, सन्दीप रजौरेलगायतकाले आर्थिक बचतले जीवनमा पुु¥याउने सहयोग र वित्तिय साक्षरताले दिने फाईदाका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएको सजय पाण्डेले जानकारी दिएका छन् ।

नेपाल बैंकले लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गतका सबै शाखामा यो कार्यक्रम मंगलवार एकैसाथ कार्यक्रम संचालन गरिएको बताईएको हो । कार्यक्रमको सहजीकरण बैकका कर्मचारी संजय पाण्डेयले गरेका थिए ।

Blog Post Ad Blog Post Ad