Ad Area

एमालेद्वारा नाराबाजी गर्दै संसद बैठक अवरुद्ध


काठमाडौं,२८ मंसिर । नेकपा एमालेले मंगलबार शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठक नै अवरुद्ध गरेको छ ।

आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार शुरु भएको संसद अधिवेशनको पहिलो बैठक पनि सोही विषयलाई लिएर अवरुद्ध गरेको हो ।

एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका छन् । मंगलबारको बैठकमा सरकारका तर्फबाट ६ वटा विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

एमाले छोडेर समाजवादीमा गएका संसदहरुलाई कारवाही नगर्दासम्म संसद चल्न नदिने बताउँदै आएको छ ।

Blog Post Ad Blog Post Ad