Ad Area

दाङ मार्शल आर्ट्स हाप्किडो संघ पुनर्गठन


दाङ,२८ मंसिर । दाङ मार्शल आर्ट्स हाप्किडो संघ पुनर्गठन गरिएको छ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ केन्द्रले तत्कालिक जिल्ला संघलाई भंग गर्दै पुनर्गठन गरेको हो ।

पुनर्गठित दाङ मार्शल आर्ट्स हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पुनः भुवन बुढा मगरले पाएका छन् । १३ सदस्यीय पुनर्गठित संघको उपाध्यक्षमा उपाध्यक्षमा बसन्त घर्ती मगर, गोपाल बुढा र तारासिंह बुढा मगर, सचिवमा राजेन्द्र रोकामगर र कोषाध्यक्षमा एलिसा खड्का रहेका छन् ।

सदस्यमा प्रिन्स बिष्ट, हुकुम गिरी, बिधान आचार्य, बिमल बिष्ट, शिशिर पुनमगर, भीम केसी र एलिना खड्का रहेका छन । दाङको घोराहीमा आगामी माघमा दाङ मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा हुन गइरहेको बृहत पाँचौ राष्ट्रिय हाप्किडो प्रतियोगतालाई भव्य र सभ्य रुपमा सफल बनाउन सबैको जिम्मेवारीको कार्यबिभाजन पनि गरेको छ ।

Blog Post Ad Blog Post Ad