Ad Area

चौतारी दाङको अधिवेशन पुस ५ मा


दाङ २९ मसिर । प्रेस चौतारी दाङको नवांै जिल्ला अधिवेशन पुस ५ गते हुने भएको छ । अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोख्रेलले गर्ने तय भएको छ ।

प्रेस चौतारी दाङ अधिवेशन आयोजक समितिका संयोजक इन्द्र डिसीको अध्यक्षता एवम नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यमा मंगलवार बसेको बैठकले घोराहीको भिग्रेली भिलेजमा विहान ८ बजे अधिवेशन गर्ने निर्णय गरेको हो । सो अवसरमा पार्टी इन्चार्ज चौधरीलाई पार्टीको पोलिटव्यूरो र दाङ इन्चार्ज भएकोमा स्वागत सहित बधाई ज्ञापन गरियो ।

अधिवेशनको तयारी बारेमा बैठकमा जानकारी गराउने भएको छ । त्यसैगरेर बैठकले चौतारी दाङको सदस्यता केन्द्रमा पठाउने र अधिवेशनमा व्यापक सहभागिता जुटाउनको लागि प्रचार प्रसारलाई व्यापक बनाउने निर्णय भएको छ । बैठकमा पार्टी इन्चार्ज चौधरीले अधिवेशन सफल बनाउन जुटन निर्देशन दिएका थिए ।

बैठकमा पार्टीका प्रचार विभाग प्रमुख श्याम डाँगी, मोर्चा विभाग प्रमुख विवेक श्रेष्ठ, संगठनका उपाध्यक्ष सविन प्रियाशन, केन्द्रीय सदस्य टीका बस्नेत, सल्लाहकार तथा कार्य समितिको सहभागिता थियो । बैठकका सहजिकरण सहसंयोजक प्रेम राम्जाले गरेका थिए

Blog Post Ad Blog Post Ad