Ad Area

संखुवासभा हत्याकाण्ड : आरोपितका भाइ, बुवासहित अन्य दुई जना पक्राउ


प्रहरीले संखुवासभामा भएको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा थप चार जनालाई पक्राउ गरेको छ। 

पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीको बयानका आधारमा थप चार जनालाई पक्राउ गरिएको संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले सेतोपाटीलाई जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पक्राउ पर्नेमा४७ वर्षीय खड्गबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की र १८ वर्षीय नरेश कार्की छन्।

चार जनामध्ये लोकबहादुरका भाइ नरेश र बुवा खड्गबहादुर हुन्। ‘हामी अहिले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछौं,’ दाहालले भने।