Ad Area

खाडीमा कामदार : न कार्यस्थल सुरक्षित, न बासस्थान


यमबहादुर कटुवाल र सुकलाल राजवंशी भदौ २३ मा कुवेतको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–२ को १० मिटरमुनि भूमिगत पाइप मर्मत गर्दै थिए । एक्कासि बालुवाको थुप्रो खस्दा उनीहरू खाल्डोमा पुरिए । आपत्कालीन अवस्थामा कसरी बाहिर निस्कने भनेर त्यहाँ बन्दोबस्तीका साधन राखिएको थिएन ।

तुरुन्तै उद्धार हुन नसक्दा झापाका कटुवाल र राजवंशीको कार्यस्थलमै ज्यान गयो । पुरिएका रोल्पाका सर्वजित महरालाई भने जसोतसो उद्धार गरियो ।

कुवेतमा २०७६ माघ २९ मा पनि यस्तै घटना भएको थियो । मुत्ला हाउजिङ कम्पनीका तर्फबाट भूमिगत पाइप राख्ने क्रममा बालुवामा पुरिँदा ६ जना नेपालीले ज्यान गुमाए । कुवेतले औपचारिक रूपमै घटना सम्बन्धमा उच्चस्तरीय छानबिन समिति बनाउने प्रतिबद्धता नेपालसामु राखेको थियो तर समितिले केकस्तो प्रतिवेदन तयार पार्‍यो वा पारेन सार्वजनिक गरिएन ।

‘जोखिमयुक्त ठाउँमा पर्याप्त सुरक्षा प्रबन्धबिना काममा लगाउँदा पटकपटक यस्ता घटना दोहोरिइरहेका छन्,’ कुवेतस्थित नेपाली दूतावासका एक अधिकारीले कान्तिपुरसँग भने, ‘विशेषगरी निर्माण क्षेत्रमा सुरक्षालाई प्राथमिकता दिन दूतावासका तर्फबाट सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका छौं ।’

कार्यस्थलमा मात्रै होइन श्रमिकका बासस्थान पनि सुरक्षित छैनन् । एक वर्षअघि कुवेतको महाबुल्लामा भएको दुर्घटनाले यसलाई पुष्टि गर्छ । 

Blog Post Ad Blog Post Ad

Blog Post Ad