Ad Area

उवासंघका व्यवसायीलाई सचेतना अभियान


दाङ,२ पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यावसायिक सचेतना जारी राखेको छ । संघले व्यवसाय गर्दा आइपर्ने समस्या, कर हिसाबकिताब कसरी राख्ने, व्यवसायमा पर्ने समस्या समाधानका लागि कसरी अगाडि बढ्नेलगायतका विषयमा जानकारी दिइने गरेको सचेतनामा सहभागी दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य माधव खनालले जानकारी दिए ।

व्यवसायीहरूलाई राज्यका सबै निकायमा दर्ता गरेर मात्र व्यवसाय गर्न समेत अनुरोध गरिने गरेको छ । यसले व्यवसायीहरूलाई सहज हुने अपेक्षा संघको रहेको छ । यसरी पसल–पसलसम्म पुगेर सिकाउँदा उनीहरूलाई व्यवसाय गर्न समेत सहज हुने सदस्य खनाल बताउँछन् । अहिले कोभिडको कारण व्यवसायीहरूलाई कोभिड संक्रमण हुनबाट आफू बच्न र अरुलाई पनि बचाउन स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गरेर व्यवसाय गर्न समेत आग्रह गरिएको थियो ।

लकडाउन मात्र हटेको तर कोभिडको जोखिम कायमै रहेकोले सचेत रहन समेत अनुरोध गरिएको छ । यस प्रकारको अभियानलाई निरन्तरता दिइने समेत उनको भनाइ छ । बजारी क्षेत्रका साथै ग्रामीणस्तरसम्म सचेतना अभियान पु¥याउने संघले जनाएको छ ।

Blog Post Ad Blog Post Ad