Ad Area

बंगलाचुलीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिदै


दाङ, ६ असोज ।
हरियाली डाँडाँ, माथी पट्टी भ्युटावर बनाइएको छ । पुर्व तलतिर नाँच घर । उत्तर तिर केही उकाली ओराली हरियाली जमिन, जहाँ फुल तथा आर्कषक रुखका विरुवा भर्खरै रोपिएका छन् । छिनमै चिसो हुस्सु लाग्छ, र डाँडाँलाई अध्यारो बनाउछ । छिनमै पारिलो घाम लाग्छ । चिसो हावाले छुदा छुट्टै किसिमको आनन्द लाग्छ । बंगलाचुलीको यो पार्कलाई पर्यटकीय स्थल बनाउन थालिएको छ । जहाँ वाट रुकुम, रोप्पा लगाएत दाङ जिल्लाका केही भागहरु देखिन्छन् । हाल यो पार्कमा घुम्न तथा रमाइलो जानेहरुको भिड लाग्ने गरेको छ । कुनै समय सुख्खा र उजाड पहाडका रुपमा रहेको बंगलाचुली पहाड पछिल्लो समय पार्कका रुपमा विकास हँुदै गएको छ । बंगलाचुली गाउँपलिका वडा नं. ५ को मुर्कुटी बजारदेखि पूर्व–उत्तरमा रहेको अग्लो पहाडलाई पर्यटकिय स्थलका रुपमा विकास गर्ने उद्देश्य अनुसार केही बर्षअघि सुख्खा डाडोको रुपमा रहेको उक्त पहाड अहिले ‘बंगलाचुली पार्क’का रुपमा बिकास भैरहेको छ ।

करिव दुई सय ५० रोपनी क्षेत्र रहेको उक्त ठाउँमा अहिलेसम्म विभिन्न भौतिक संरचनाहरु निर्माणका लागि करिव एक करोड रुपैया खर्च भएको छ । समुदायिक वन क्षेत्रमा पर्ने उक्त ठाउँलाई गाउँपालिकाकै प्रमुख पर्यटकिय स्थलका रुपमा विकास गर्नका लागि अहिलेसम्म भ्यूटावर, प्रतिक्षालय, नाचघर, पार्कको विभिन्न ठाउँमा बस्नका लागि कुर्सी, भ्यू टावरको संरक्षणका लागि पर्खाल र गेट र उक्त क्षेत्रमा हिडडुल गर्नका लागि पक्की बाटोलगायतका विभिन्न संरचनाहरु निर्माण गरिएको छ । बंगलाचुली पार्कलाई थप आकर्षक बनाउनका लागि पिकनिक स्पोर्ट, खेलमैदान, मन्दिर, विवाह मण्डवलगायतका अन्य थुर्पै संरचनाहरु निर्माण गर्न बाँकी रहेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताएका छन् । उनका अनुसार २०६४ ्र०६५ साल बंगलाचुली पर्यटकिय क्षेत्र पूर्वाधार समिति गठन गरेर उक्त क्षेत्रको विकासका लागि काम गर्न सुरु गरिएको हो ।

तर सुरुमा उक्त क्षेत्रलाई विकास गर्न सरोकारवाला निकायले चासो नदिदा पछाडी पर्दै आएको गाउँपालिका अध्यक्ष वलीले बताए । ‘यो पहाड यस क्षेत्रकै अग्लो भएको र सफा मौषम भएको समयमा नेपालको उत्तरीोत्रमा रहेका अग्ला हिमालहरुको दृष्यअवलोकनसँगै दक्षिणतिरको भूभाग समेत हेर्न सकिने भएकाले यस ठाउँलाई पर्यटकिय स्थलका रुपमा विकास गर्न स्थानीय लागेका थिए । तर बजेट अभावका कारण विकास गर्न सकेका थिएनन्’–गाउँपालिका अध्यक्ष वलीले भने–‘तर अहिले प्रदेश सरकार र स्थानीयका रुपमा गाउँपालिकाले बंगलाचुली पार्कको विकासमा बजेट राख्न थालेपछि विकसित हुदै गएको छ ।’ अध्यक्ष वलीले अहिले प्रारम्भिक चरणको काम भएको बताए । ‘अहिले पार्कको प्रारम्भीक चरणको विकासको काम भएको छ, अझै धेरै संरचनाहरु बनाउन बाँकी नै छन्’–अध्यक्ष वलीले भने–‘सवै संरचनाहरु निर्माण भएपछि,यो नमूना पर्यटकिय केन्द्रका रुपमा विकास हुनेछ ।’ उनका अनुसार यसक्षेत्रको पूर्वाधार विकासका लागि प्रदेश सरकार अन्तर्गत डिभिजन वन कार्यालय ५० लाख रुपैया खर्च गरेर गतबर्ष धेरै काम गरेको बताए । त्यस्तै यसबर्ष पनि कार्यालयले २० लाख रुपैयबाट बाँकी केही संरचना बनाउने काम गरिएको बताए ।

त्यसैगरी उक्त ठाउँको पर्यटकिय विकासका लागि गाउँपालिकाले करिव २० लाख रुपैया र पर्यटन बोर्ड भैरहवाले तीन बर्ष अघि सुरुमा पाँच लाख रुपैया खर्च गरेर भ्यू टावर निर्माणको सुरुवात गरेको समेत बताए । ‘बंगलाचुली पहाडलाई बंगलाचुली पार्कका रुपमा विकास गर्न २०६४ ्र०६५ सालदेखि सुरु भएपनि, बजेट अभावका कारण हुन सकेको थिएन’–उनले भने–‘पछि जनप्रतिनिधिहरु निर्वाचित भएपछि प्रदेशसँगै पालिका र वडाले समेत यसक्षेत्रको विकासका लागि पहल बजेट बिनियोजन गर्न थालेपछि विकास हुदै गएको छ ।’ पार्क निर्माण हुँदै गएपनि अहिले नै पार्कमा घुम्न आउनेहरुको भीडभाड हुने गरेको समेत उनले बताए ।

बंगलाचुली पार्कको पर्यटकिय विकासले यसक्षेत्रको समग्र विकासका लागि भूमिका खेल्ने बंगलाचुली गाउँपालिका वडा नं. ५ का अध्यक्ष एनुराज खत्रीले बताए । उनले सामन्य पहाडको डाडालाई पर्यटकिय रुपमा विकास गर्नका लागि विभिन्न संरचनाहरु निर्माण गर्दा अहिले आकर्षणको केन्द्र बन्दै गएको बताए । ‘बङलाचुली पहाडलाई पार्कका रुपमा विकास गर्नका लागि प्रदेश सरकार र गाउँपालिकाले बजेट बिनियोजन गरेर विभिन्न संरचना निर्माण गर्ने काम भैरहेको छ’–वडा अध्यक्ष खत्रीले भने–‘थप संरचना निर्माणले पार्ककौ आकर्षणलाई थप आकर्षक बनाउने छ ।’ पार्कलाई थप आकर्षक बनाउनका लागि हिड्ने बाटोमा रेलिङ राख्ने, विभिन्न प्रकारका विरुवा रोपिएको समेत बताए । बंगलाचुली पार्क घोराही बजारदेखि ३२ किलोमिटर पूर्वी पहाडमा रहेको छ ।

 

Blog Post Ad
Blog Post Ad Blog Post Ad