Ad Area

एमाले नेताहरुको कार्यविभाजन, विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्ज तोकियो (सूचीसहित)


काठमाडौं, २, पुस । नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ । एमालेले अन्तरपार्टी निर्देशन जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्ज तोकेको हो ।

कार्य विभाजनअनुसार पार्टीको समग्र नेतृत्वमा केपी शर्मा ओली र नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ । त्यसैगरी प्रदेश र पालिका संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष युवराज ज्ञवालीलाई र अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन गर्ने जिम्मा दिइएको छ ।

उपाध्यक्ष रामबहादुर थापाले कुटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको संयोजन गर्ने, उपाध्यक्ष विष्णु पौडेलले साङ्गठनिक कामको अनुगमन गर्ने, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले संसदीय मामिला, र अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले राजकीय मामिलाको जिम्मा पाएका छन् । त्यसैगरी महासचिव शङ्कर पोखरेलले पार्टीको साङ्गठानिक कामको संयोजन गर्ने जिम्मेवारी पाएका छन् । यस्तै, उपमहासचिव प्रदीप ज्ञवालीले स्कुल विभाग पाउँदा पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मा पाएका छन् ।

अर्का उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापन प्रमुख बनाइएको छ । सचिव टोपबहादुर रायमाझीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख र अर्का सचिव लेखराज भट्टराईलाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । यस्तै, सचिव गोकर्ण विष्टले उर्जा, जलस्रोत तथा सिँचाइ विभाग र प्रगतिशील तथा पेसागत इन्जिनियर्स एसोसिएशनको जिम्मेवारी पाउँदा अर्का सचिव योगेश भट्टराईले स्वास्थ्य तथा जनसङ्ख्या विभागको इञ्चार्ज र राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ तथा सम्बद्ध सङ्गठनहरुको जिम्मेवारी पाएका छन् । स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई भने अर्थ तथा योजना विभागको प्रमुख बनाइएको छ ।

सूची :

Blog Post Ad
Blog Post Ad Blog Post Ad