Ad Area

प्रतिव्यक्ति ३ दशमलव ९ किलो माछा अपुग


घोराही, २ पुस । एकदशक अघिसम्म माछा खानेहरुको संख्यामा कमी थियो । माछाका फाइदाका बिषयमा उपभोक्ताहरु जानकार भएपछि भने माछाको माग बढ्न थालेको छ । स्वास्थ्यका हिसावले फाइदाजनक रहेको माछा उत्पादनमा आर्कषण पनि बढेको छ ।

बजारमा माग बढ्न थालेपछि माछापालन कृषकहरु पनि बढ्न थालेका हुन् । अहिले दाङ जिल्लामा दुई सय ५२ जना कृषकहरुले माछापालनलाई व्यवसायका रुपमा अघि बढाउँदै आएका छन् । यति हुँदा पनि बजारको माग अनुसार उत्पादन हुन सकिरहेको छैन् । सरकारी तवरवाट उत्पादनका लागि अनुदान लगायतका प्रयास थालिएका छन् । माछापालनमा आर्कषण गर्नका लागि कार्यक्रम पनि भैरहेका छन् ।

यसपटक जिल्लामा ६४ लाख ७३ हजार रुपैँया बजेट विनियोजन गरिएको छ । यो भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा मत्स्य विकासका लागि आएको बजेट हो । जसमा फिस मिसन कार्यक्रम, मत्स्य व्यवस्थापनका लागि यान्त्रिकरण सहयोग, जिउँदो माछा बिक्रि वितरण स्टल निर्माण, मत्स्य कार्यक्रम अनुगमन तथा मुल्यांकन कार्यक्रमलाई समेटिएको केन्द्रका प्रमुख डा. वेदबहादुर केसीले जानकारी दिएका छन् । बिहिबार घोराहीमा आयोजना गरिएको माछापालक कृषक र सरोकारवालासंगको एकदिने गोष्ठी कार्यशालामा उनले माछा कार्यक्रम र फाइदाका बिषयमा जानकारी गराएका हुन् । माछाले मुटु स्वास्थ्य राख्ने बताए । यसका साथै उच्च रक्तचाप घटाउने, आँखाको ज्योति बढाउने, छालालाई चम्किलो राख्ने र मधुमेह नियन्त्रण गर्ने डां केसीले जानकारी गराए ।

कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत महेन्द्र प्रसाद यादवले जिल्लामा एक सय ४२ हेक्टर क्षेत्रफलमा माछापालन गरिएको बताए । ८९ दशमलव ९ हेक्टर पोखरी, ४१ दशमलव ८३ सार्वजनिक घोलताल, ११ हेक्टर कृतिम जलाशयमा माछापालन गरिएको छ । १२ दशमलव ५ हेक्टरमा बैखा माछापालन गरिएको छ । हाल बार्षिक छ सय ९ दशमलव ५९ टन माछा उत्पादन हुने गर्दछ । जसमा पोखरीमा कार्प माछापालनवाट ३ सय ७१.२५ टन तथा पंगास बैखा पालनवाट एक सय ५९.१ टन माछा उत्पादन हुने गर्दछ । प्राकृतिक कृतिम जलाशय वाट ७९ दशमलव २४५ टन माछा उत्पादन हुने तथ्यांक छ ।

जिल्लामा उत्पादन हुने माछाले भने आवश्यकता पुर्ती गर्न सकिरहेको छैन् । माछापालनमा आर्कषण बढ्दै गएको भएपनि माग भने धान्न नसकेको हो । आवश्यकता अनुसार माछा उत्पादन हुन अझै सकिरहेको छैन् । बर्षमा प्रतिव्यक्ति पाँच किलो माछा आवश्यक पर्ने भएपनि जिल्लामा हाल प्रतिव्यक्ति एक दशमलव १० किलो माछा उत्पादन हुने गरेको छ । प्रतिव्यक्ति ३ दशमलव ९ केजी माछा अपुग रहेको अधिकृत यादवले बताए ।

कार्यक्रममा मत्स्य विकास केन्द्र बाँकेका प्रमुख श्रवण कुमार चौधरीले दाङ माछापालनका लागि संभावना बोकेको जिल्ला रहेको बताए । यहाँका माछापालक कृषकहरुलाई प्राबिधिकहरुसंग सल्लाह गरेर माछापालन गर्न आग्रह गरे । पछिल्लो समयमा माछा पालनका क्षेत्रमा नयाँ प्रबिधि भित्रिरहेको भन्दै प्रबिधिलाई औल्याउदै अगाडी बढ्न आग्रह गरे । माछा स्वास्थ्यका हिसावले अत्यन्त फाइदाजनक रहेको भन्दै अन्य कृषकहरुलाई पनि माछापालनमा आर्कर्षित गर्न आवश्यक भएको भनाई राखे । ठाउँ र पानीको अभाव भएका ठाउँमा पनि बायोफ्लक प्रबिधिवाट माछापाल्न सकिने जानकारी गराए ।
बायोफ्लक इन्डोनेसियाको प्रबिधि हो । हाल इन्डोनेसियामा यो प्रबिधि सफल मानिन्छ भने भारतमा करिव दुई बर्ष अगाडीवाट यो प्रबिधिमा माछापालन सुरु गरिएको छ । सिमेन्ट ट्याङकीमा माछापालन गरिन्छ । जसले पोखरी र धेरै ठुलो ठाउँको आवश्यकता पर्देन, घरको छतमा पनि माछापालन गर्न सकिन्छ । यो प्रबिधिमा माछा पालन गर्नका लागि चिसो मौसमलाई बेमौसमी र तातो मौसमलाई मौसमी मानिन्छ । कृषि ज्ञान केन्द्रका योजना अधिकृत पृथ्वीराज लामिछानेले माछापालन व्यावसायमा आम्दानी राम्रो हुने र जनशक्ति कम लाग्ने भएकाले व्यावसायमा आर्कषण बढेको बताए । प्राबिधिकहरु संग सल्लाह लिएर मात्र माछापालन गर्न आग्रह गरे ।

Blog Post Ad

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले समृद्ध नेपालका लागि स्वस्थ जनता हुन आवश्यक भएको बताए । स्वस्थ हुनका लागि खानपान स्वस्थ हुन आवश्यक रहेको बताए । माछा स्वास्थ्यका लागि उपयुक्त हुँदा खानामा माछाको प्रयोग बढाउन आवश्यक देखिएको उनको भनाई थियो । तर जिल्लामा आवश्यक पर्ने माछा उत्पादन हुन नसकेको सवालमा भने माछा उत्पादनमा कृषकलाई आकर्षित गर्न आवश्यक देखिएको उनको भनाई थियो । कार्यक्रम भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डां. वेदबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । केन्द्रका अधिकृत कृष्ण कृष्ण न्यौपानेको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन मत्स्य विकास अधिकृत प्रेम चौधरीले गरेका थिए ।

 

 

Blog Post Ad Blog Post Ad