Ad Area

घरेलु हिंसा र बलात्कारका घटना बढी


दाङ, ३ पुस । अनौपचारिक सेवा केन्द्र इन्सेकले तयार गरेको एक वर्षको प्रतिवेदन अनुसार जिल्लामा घरेलु हिंसा र बलात्कारका घटनाहरु बढी देखिएका छन् । नेपाल मानवअधिकार बर्ष पुस्तक २०२२ का लागि २०२१ जनवरीदेखि डिसेम्वरसम्म इन्सेकले अभिलेख गरेका घटनाअनुसार दाङमा ९० वटा घरेलु हिंसा र ६९ वटा बलात्कार सम्वन्धी घटनाहरु भएका छन् ।

इन्सेकले शुक्रवार घोराहीमा आयोजना गरेको बार्षिक पूर्व समिक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि प्रतिनिधि जेएन सागरले यस्तो जानकारी गराएका हुन । उनका अनुसार गतबर्षको तुलनामा यसबर्ष बलात्कारका घटनाहरुका केही कमी देखिएको छ । गतबर्ष जिल्लामा बलात्कारका ८९ वटा घटनाहरु भएका थिए ।

त्यसैगरी बलात्कारका प्रयाससम्बन्धी २५ वटा, हत्या ७ वटा, गैरकानुनी हिरासतका ५ वटा, यौन दुव्र्यवहारका ३ वटा,गैरकाुनी हिरासत ५ वटा, हत्या ७ वटा, दुव्र्यवहार ६ वटा, बन्द हड्ताल ४ पटक, धम्की र विद्यार्थी कुटपिटका २÷२ वटा, आत्महत्या दुरुत्साहन, हिरासतमै मृत्यु, खाद्य अधिकार, शव फेला, सम्पत्ति आगजनी, बालबालिका, बहुविवाह, कथित बोक्सीको आरोप र मानव बेचविखनसम्बन्धी १÷१ वटा जिल्लामा एक बर्षको अवधिमा भएका २ सय २२ घटनाहरुमा २ सय ५४ जना पीडित भएको प्रतिनिधि सागरले जनाए ।

उनका अनुसार २ सय ४ जना महिला र ५० जना पुरुषहरु पीडित भएका छन् । २२२ वटा घटनाहरुमध्ये राज्यबाट भएका १० घटनाहरुमा ३९ जना र गैरराज्यबाट २ सय ८ घटनामा २ सय ११ जना र अज्ञात व्यक्तिबाट भएका ४ घटनाहरुमा ४ जना पीडित भएको समीक्षा कार्यक्रममा जानकारी गराइएको थियो । गतबर्ष जिल्लामा जिल्लामा राज्यबाट भएका २६, गैरराज्यबाट १९१ घटना र अज्ञात समूहबाट भएका १३ वटा घट्नाहरुमा १ सय ८६ महिला र ७० पुरुष गरी दुई सय ५६ जना पीडित भएका थिए ।

मानवअधिकार सञ्जाल दाङका सदस्य एवं नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द्रराज पन्तको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजाल, सहकारी वकिल कार्यालयका सहन्याधिबक्ता ढकबहादुर ढकाल, घोराही कारागारका जेलर युवराज परियार, ओरेक नेपालकी जिल्ला संयोजक ईश्वरी थापा, राष्ट्रिय जनमोर्चाका मणिराम खनाल, नेकपा माओवादीका खिमबहादुर चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण इन्सेकका जिल्ला प्रतिनिधि सागरले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad