Ad Area

समाजमा सम्मानको बतावरण बनाउन आवश्यक


घोराही, ४ पुस । बैदेशिक रोजगारमा जानेहरुको संख्या अत्याधिक रहेको छ । पहिले पुरुषहरुमा रोजगारीका लागि बिदेश पुगेपनि अहिले भने महिलाहरुको संख्या पनि धेरै छ । रोजगारका शिलशिलामा विदेश पुग्ने महिलालाई भने अहिले पनि समाजमा राम्रो नजरले हेर्ने गरेको पाइदैँन । भने श्रीमान विदेश गएका श्रीमतिहरुलाई पनि हेर्ने नजर बदलिएको छैन् ।

खासगरी रोजगारका शिलशिलामा खाडी मुलुकमा जानेहरुलाई कमजोर दृष्टीले हेर्ने गरिएको छ । युरोप अमेरिका लगाएतका देशमा जानेहरुलाई भने सम्मानको नजगरले हेर्ने गरेको पाइन्छ । सनिवार घोराहीमा यसै बिषयमा छलफल गरिएको छ । सुरक्षित आप्रवासन परियोजना सामीले आप्रवासन, असर तथा प्रभाव साथै आप्रवासी कामदारहरुलाई सामाजिक बहिस्करण प्रभाव सम्बन्धि सामुदायिक अगुवाहरु संग अन्तर्रक्रिया गरेको हो ।

छलफल कार्यक्रममा सामी परियोजनाका कार्यक्रम अधिकृत विष्णु अधिकारीले रोजगारका शिलशिलामा विदेश पुगेका पुरुष तथा महिलालाई सम्मानको दृष्टीले हेर्ने संस्कारको विकास नभएको बताए । श्रीमान विदेश हुँदा घरमा रहेका महिलाहरुलाई अनेक खालका गलत लाल्छना लगाउने तथा समाजमा संम्मानको दृष्टीले हेर्ने गरेको पाइएको बताए । श्रीमान बिदेश भन्दा महिलाहरुलाई कोही संग वोल्ने नहुने बोलेको अवस्थामा गलत आरोपहरु लगाउने समस्या कायम भएको बताए । ‘घरमा श्रीमान छ भने जसरी हिडेपनि, जो संग बोलेपनि केही भनिदैन, तर विदेशमा छ, भने पशलमा गएर गफियो, बोल्यो भने के हो त भन्ने गरिन्छ, उनले भने । कार्यक्रममा सामी परियोजनाकी सहजकर्ता रीता लामाले अहिले आएका मुद्दा मध्ये १० प्रतिशत मुद्दा विदेशमा भएको श्रीमानले घरमा भएको श्रीमतीलाई बेवास्ता गर्दे परस्त्री संग लागेको बताइन् ।

समाजमा एउटा महिला गलत भएको अवस्थामा विदेशीका श्रीमतीहरु यस्ता हुन्छन्, भनेर सबैलाई लाल्छना लगाउने गरिएको भएपनि पुरुषको बिषयमा भने ढाकछोप गर्ने गरिएको बताइन् । ‘समाजमा एकजना श्रीमतीले गलत ग¥यो भने यूटुव, पत्रपत्रिका सबैतिर छाउछ, तर पुरुषको बिषयमा बोलिदैँन ढाकछोप गरिन्छ, । कार्यक्रममा महिला अधिकारक्रर्मी हुमा डिसी, लक्ष्मी आचार्य, रेडक्रस घोराही शाखा सभापती थम्मन चौधरी, ज्ञानु थापा, उद्योग बाणिज्य संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेलले समाजमा सम्मानको बातावरण तयार गर्न आवश्यक भएको बताए । जान्ने बुझ्नेहरुहवाटै विभेद भएको भन्दै दृष्टी बदल्न आवश्यक भएको बताएका थिए । कार्यक्रमको संचालन सामी परियोजनाकी कार्यक्रम संयोजक बसन्ता पुनले गरेकी थिइन् ।

Blog Post Ad Blog Post Ad